Close This

सर्लाहीका ३ वर्षे बालक अपहरणमा परेको २४ घण्टामै भेटियो,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-२५ गते   १५१ पटक हेरिएको

सर्लाहीको मलंगवा नगरपालिका ५ भाडसरबाट बेपत्ता भएका बालक भारतमा फेला परेका छन् । मलंगवा नगरपालिका ५ भाडसरका रमेश सहनीका तीन वर्षीय छोरा घर नजिकैबाट बेपत्ता भएका थिए । उनी भारतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । 
सहनीका छोरा आदर्श सहनी घर वरिपरी खेली रहेको अवस्थामा सोमबार बिहान कबि ११ बजे अचानक बेपत्ता भएका थिए । बेपत्ता भएको खबर पाउना साथ खोजी कार्यमा खटिएको प्रहरी टोलीले भारतीय पक्षसँग समन्वय गरि मंगलबार दिउँसो करिब १ बजे भारतको विहार सीतामढी सोनवर्षा, मुसरनीयामा बालक फेला पारेको थियो । उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech