नेकपा (एमाले) नेपाल–खनाल समूह निकट युवा संघ नेपाल सर्लाहीको जिल्ला स्तरीय भेला सम्पन्न भएको छ । युवा संघ नेपाल सर्लाहीका जिल्ला संयोजक जयबहादुर गोलेको अध्यक्षता तथा पार्टीका केन्द्रीय सचिव एवम पूर्व पर्यटन मन्त्री योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
केही दिनअघि नेकपा(एमाले) सर्लाहीका जिल्ला अध्यक्ष रेवती पन्त अध्यक्ष होईन भन्दै प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेताहरुले निकालेको विज्ञप्तीप्रति लक्षित गर्दै नेता भट्टराईले मैले विज्ञप्ती निकालेर केपी ओली एमालेको अध्यक्ष होईन् भन्दा मान्नुहुन्छ ? भन्दै प्रश्न गर्दै नेकपा(एमाले(सर्लाहीका अध्यक्ष रेवती पन्त नै रहेको बताउनु भयो ।
सचिव भट्टराईले आफू पार्टीको केन्द्रीय सचिव भएको हैसियतले सर्लाहीमा निर्वाचित जिल्ला अध्यक्ष पन्त नै अर्को अधिवेशन नहुन्जेल जिल्ला अध्यक्ष रहिरहने बताउनु भयो ।उहाँले विधि पद्धति र प्रक्रियाबाट पन्त जिल्ला अध्यक्ष भएको बताउँदै सचिव भट्टराईले पार्टीका सबै नेताहरुले विधि पद्धति र प्रक्रियालाई मान्नु पर्ने बताउनु भयो ।
भेलालाई पार्टीका केन्द्रीय सदस्य लक्ष्मण पौडेल, जिल्ला अध्यक्ष पन्त, प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती र बेची लुंगेली,यसवा संघनेपालका केन्द्रीय उपा अध्यक्ष निकेश पौडेल लगायतले सम्वोधन गर्नु भएको छ । यस्तै, शनिवारकै भेलाबाट जिल्ला संयोजक जयबहादुर गोले अध्यक्ष रहने गरी युवा संघ नेपाल सर्लाहीको ५ सय ५१ सदस्यीय सर्लाही जिल्ला कमिटी गठन गरिएको यसवा संघनेपाल सर्लाहीले जनाएको छ ।