Close This

लालबन्दी १० मा जंगली हात्तिको आतंक,चार घर भत्कायो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-१६ गते   २०४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १० मा जंगली हात्तिले चारवटा घर भत्काएको छ । लालबन्दी नगरपालिका १० पोखरी टोलमा शनिबार राती जंगली हात्तिले चारवटा घर भत्काएको हो । 
स्थानिय श्याम माया मगर, पहल मान मोक्तान, नुरुल अन्सारी र देब लाल डिम्डुङको घरमा हात्तिले क्षति पुर्याएको सहकर्मी  उदय पाख्रीनले जानकारी दिनु भयो । तामाङ आर्यघाटको लामा बस्ने टहरोलाई समेत हात्तिले भत्काईदिएको स्थानीय बासिन्दाले बताएका छन् । 
पूर्व–पश्चिम लोकमार्गदेखि उत्तर पोखरी टोलमा तीनवटा हात्तिको समूह राती आएको थियो । हात्ति आएपछि गाउँलेहरुको भागाभाग भएको पाख्रीनले बताउनु भयो । हात्तिले ४ वटा घर भत्काएको र घरभित्र भएको अन्न खाएपछि रातभर जागराम बस्नु परेको स्थानियको भनाई छ । 
विगत एक महिनादेखि उष्ण प्रादेशिय बागवानी केन्द्रको जंगलमा बस्दै आएका तीनवटा हात्ति केही दिनअघि हरिवन नगरपालिका–१ को चुरे क्षेत्र हुँदै पश्चिम लागेका भएपनि स्थानीयको अवरोध पश्चात पुनः लालबन्दीतर्फा नै फर्किएका हुन् । यसअघि पटक–पटक आएको हात्तिहरुको समूह भन्दा यी तीनवटा हात्ति तुलनात्मक रुपमा संयमित देखिएको प्रहरीले जनाएको छ । यी हात्तिले हालसम्म मानववीय क्षति भने नगरेका डिभिजन वन कार्यालय सर्लाहीेले जनाएको छ । भने स्थानिय जनप्रतिनिधिहरु हात्ति व्यावस्थानमा मौन देखिएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech