सर्लाहीको बागमत नगरपालिका १२ स्थित भरत तालमा डुबेर बेपत्ता भएका युवक २६ घण्टापछि मृत फेला परेका छन्। शनिबार(हिजो)तालमा माछा मार्न जाँदा डुबेर बेपत्ता भएका बागमती नगरपालिका–१, मिलन चौकका १८ वर्षीय सुशान्त थापा मगर आज(आईतबार) साँझ मृत फेला परेका हुन्।
मगर हिजो(शनिबार)दिउँसो ४ बजेदेखि तालमा डुबेर बेपत्ता भएका थिए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर खोजी गर्दा गरि युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार बोटमा चढेर तथा पौडी खेलेर खोज्दा समेत युवकको अवस्था थाहा हुन नसकेपछि भ्याकुमको सहायतामा पानी पन्छाएपछि युवकको शव फेला परेको हो ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाही पठाइएको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ । बागमती नगरपालिकाले वडा नं. १२ मा १ सय २१ बिघा क्षेत्रफलमा ताल निर्माण गरिरहेको छ । दक्षिण यसियाकै सबै भन्दा ठुलो मानवनिर्मित ताल बागमती नगरपालिका आफैँले निर्माण गरि रहेको छ ।
एक बाँसभन्दा गहिरो पानी जमेको स्थानमा डुबेर युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। युवकसँगै माछा गर्न गएका अरु ५÷६ जना भने सकुशल बाहिर निस्कन सफल भएका थिए। तालको वरिपरि घेरावेराको काम हुन बाँकी हरेको छ ।