Close This

जबरजस्ती करणी प्रयास गरेको अभियोगमा एक युवक पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-५ गते   ३०९७ पटक हेरिएको

 सिन्धुलीमा जवरजस्ती करणी प्रयास गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।स्थानिय एक १६ बर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने प्रयोस गरेको अभियोगमा  मरिण गाउपालिका –७ जयमंगलका ३१ बर्षिया दिपेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घरमा लुकीछिपी बसेरहेको अवस्थामा वि.बलाई पक्राउ गरी जिल्ला अदालत सिन्धुलीमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले  जानकारी दिनुभयो । 
 विं.कलाई प्रहरीले साउन २ गते आफ्नै घरमा लुकीछिपी बसेरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पक्राउ परेका विक  विरुद्ध जिल्ला अदालत सिन्धुलीमा जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी आवश्यक थप अनुसन्धान भईरहेको  प्रहरी नायव उपरिक्षक लामाले जानकारी दिनुभयो ।
वि.कले गएको शनिबार नाताले साली पर्ने बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको थियो । पक्राउ परेका वि.कले किशोरीलाई घर पुर्याइ दिन्छु भन्दै मोटरसाईकलमा चढाएको तर घर जाने बाटो तर्फ नगई अर्कै बाटोबाट जंगल नजिक खोल्सामा लगि जबरजस्ती करणी गर्न खोजेको पिडित पक्षको आरोप छ । पुष्पा सुनुवार सिन्धुली

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech