सर्लाहीको बरहथवा नगरपालिका –७ स्थित हजरीया जाने बाटोमा साइकल यात्रीलाई ठक्कर दिएर फरार भएको सवारी साधन र त्यसका चालक पक्राउ परेका छन् । आईतबार एक साईकल यात्रीलाई ठक्कर दिएर ग २ च २६६६ नं. को टोयटा गाडी र त्यसका चालक फरार भएका थिए ।
बसबरिया गाउँपालिका २ मानपुर बस्ने सुकदेव साहलाई ठक्कर दिई फरार रहेको टोयटा गाडी र त्यसका चालक मलंगवा नगरपालिका २ बस्ने सत्येन्द्र साहलाई इलाका प्रहरी कार्यालय हरकठवाबाट खटीगएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्रीको उपचारको क्रममा सोही दिन मृत्यु भएको प्रहरीले जनाएको छ । निज चालक उपर सर्लाही जिल्ला अदालतबाट ७ दिन म्याद थप भइ सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।