नालीमा चिप्लिदा नेता दाहाल घाइते, दाहिने हात फ्याक्चर

2k Shares

पैदल आएका अलपत्र यात्रु व्यवस्थापनको लागि तयारीकै सिलसिलामा सडकको नालीमा चिप्लिएर लड्दा प्रदेश सभा सदस्य राजन दाहालको दाहिने हात फ्याक्चर भएको छ । तीन हप्तादेखि सडकमा अलपत्र पैदल यात्रुको उद्धारमा सक्रिय नेता दाहाल ओखलढुंगाका अलपत्र यात्रुलाई नेपालथोकमा बस्ने र खाने व्यवस्थानमा खटिने क्रममा चिप्लिएर शनिबार साँझ लड्नुभएको हो । उहाँको सुनकोशी गाउँपालिका ५ खाल्टेस्थित आत्मिय अस्पतालमा सामान्य उपचारपछि धुलिखेल लैजाने तयारी भइरहेको जनाइएको छ ।
शनिबार पनि विहानदेखिनै यात्रुको व्यवस्थापन र समन्वयमा खटिएका दाहाल बेलुकापख आएको हावाहुरीपछि विचल्लिमा परेका पैदल यात्रुको व्यवस्थापनमा खटिएका थिए । जनसमर डटकमसँग कुराकानी गर्दै नेता दाहालले भन्नुभयो, व्यवस्थापनको व्यवस्ततामै थिएँ, अचानक सडकको नालीमा चिप्लिएर बज्रिन पुगे । उहाँेको थप उपचारका लागि धुलिखेल ल्याउने तयारी भइरहेको जनाइएको छ । धुलिखेलका चिकित्सकसँग कुराकानी भएको र तत्कालै शल्यक्रिया नहुने भएकाले भोली विहान जाने कि भन्ने विषयमा छलफल भइरहेको नेता दाहालले जानकारी दिनुभयो ।

नेता दाहाल विहानदेखि दिनभरजसाे पैदलयात्रुकाे व्यवस्थापनमा सक्रिय हुनुहुन्थ्याे । ललितपुरको लुभुमा रहेका सिन्धुलीलगायत अन्य जिल्लाका ८७  जना मजदुरको उद्दार समेत गरिएकाे सुनकाेशी गाउँपालिका अध्यक्ष दीपा बाेहरा दाहालले जानकारी दिनुभयाे । पनौती, नवोबुद्ध नगरपालिका र रोसी गाउँपालिकासँगकाे समन्वयमा ती अियाे ।

अलपत्र मजदुरकाे उद्धार गरिएकाे थियाे । त्यस्तै यातायात व्यवसायी आत्मराम थापासहित हिमाल तराइ यातायातकाे सहयाेगमा बनेपा उद्धार गरिएका दुइ सय जनाकाे ब्यवस्थापन नेपालथाेकमा गर्दैगर्दा दाहाल दुर्घटनामा पर्नुभएकाे हाे ।

सम्बन्धित समाचार