Close This

कांग्रेसमा क्रियाशील सदस्यता विवादः मन्त्री सिंहमाथी हातपात र दुव्र्यहार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-६ गते   ३४२३ पटक हेरिएको

नेपाली कांग्रेसको क्रियाशील सदस्यताको विवादलाई लिएर प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहमाथी आक्रमणको प्रयास भएको छ । 
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यलय सानेपामा मन्त्री सिंहमाथी हातपातको प्रयास गर्नुका साथै दुव्र्यहार समेत गरेका मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिनु भयो । स्वकीय सचिव त्रिपाठीका अनुसार  सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले आफ्नो पक्तासाफ हुने भएपछि मन्त्री सिंहमाथी आफ्ना कार्यकर्ता लगाएर हातपातको प्रयास गर्नुका साथै दुव्र्यहार समेत गरेका हुन ।
नेपाली कांग्रेसमा विगत लामो समयदेखिको जारी सदस्यता विवादका कारण सर्लाही सहित केही जिल्लाहरुमा महाधिवेशन हुन सकेको छैन भने पछिल्लो समयमा कांग्रेसका नेता कार्याकर्ताहरु वीच नै विवाद बढ्दै गएको छ । सर्लाही–४(क) बाट प्रदेशसभा सदस्य निर्वाचित सिंह पार्टी केन्द्रीय कार्यालय सानेपामा पुग्नु भएको थियो । सदस्यताका विषयमा विवाद उत्पन्न भएपछि मन्त्री सिंहलाई अमरेशकुमार सिंहका नेता तथा कार्यकर्ताहरुले हातपातको प्रयास गर्नुका साथै दुव्र्यहार समेत गरेका उहाँको निजी सचिवालयले जनाएको छ । 
सदस्यताको विषयमा समस्या उत्पन्न भएपछि केही समय अघि प्रतिनिधिसभा सदस्य अमरेशकुमारले सांसद पदबाट राजीनामाको घोषणासहित पत्र पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए । सर्लाही सहित देशका केही जिल्लाको सदस्यता विवाद अझै सुल्झेको छैन । 
अमरेश कुमार सिंहले आफुले सिफारीस गरेका सदस्यहरुलाई क्रियासिल सदस्यता नदिने सम्भावन  बढेको,आफ्नो जनाधार सकिने र आउदो चुनावमा आफु पक्तासाफ हुने भएपछि मन्त्री सिंहमाथी हातपातको प्रयास गर्नुका साथै दुव्र्यहार समेत गरेका नेपाली कांग्रेसले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech