वडाध्यक्ष पाख्रिङले शिक्षक साहशंकलाई कुर्सी प्रहार गर्दै दिए ज्यान मार्ने धम्की

2.5k Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका– १२ का वडाध्यक्ष नागेन्द्र पाख्रिनले स्थानीय एक शिक्षकलाई कुटपिटसहित दुव्यवहार गरेको रहस्य बाहिरिएको छ । मादक पदार्थ सेवन गरेर वडाध्यक्ष पाख्रिनले इश्वरपुर नगरपालिका १२ मा अवस्थित नेपाल राष्ट्रिय जनता माविका शिक्षक जीवन शाहसंकरलाई कुटपिटसहित तथानाम गाली गर्दै  दुव्यवहार गरेकारहसय बाहिरिएको हो ।
दसैँको अवसरमा (असोज २४ गते) स्थानीय सन्तोष पुलामीले आफ्नो घरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा खानपिन कार्यक्रमममा आफूमाथि वडाध्यक्ष पाख्रिनले कुटपिटसहित मार्ने धम्की दिँदै  दुव्यवहार गरेको शिक्षक शाहसंकरले बताएका छन् । 
घटनाको विषयमा इलाका प्रहरी कार्यालय केशरगन्ज,बयालवासलाई जानकारी गराई सकेको र ईलाका प्रहरी कार्यालय बयलवास केसरगन्जले आवश्यक छलफल गर्ने छलफलबाट आवश्यक निष्कर्ष ननिस्के मुद्धा दायर गर्ने बताएको छ ।
‘दसैँको समयमा आफ्ना साथी पुलामीको घरमा आफुहरुको सानो जमघट थियो। त्यहाँ वडाध्यक्ष पाख्रिङले बेप्रशंग विषय झिकेर अश्लिल गाली गलौजसहित ममाथि कुर्सी प्रहार गर्नुभयो। हत्या गर्ने धम्की दिनुभयो। घटनाको विषयमा भोलीपल्ट गाउँमा राखिएको छलफलमा पनि उहाँले ममाथि उस्तै हर्कत देखाउनुभयो,’ शिक्षक शाहसंकरले कमलामाइृ मिडिया प्रालिलाई जानकारी दिनु भयो ।
‘त्यसपछि मैले इलाका प्रहरी कार्यालय वयलवास,केशरगन्जलाई यो विषयमा जानकारी गराएँ । तर, एकसाता वितिसक्दा समेत प्रहरीले खासैसुनुवाई नगरेको शिक्षक साहकंशरको भनाई छ । तर ईलाका प्रहरी कार्यालय बयलवास केसरगन्जका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले वडा अध्यक्ष पाख्रिङ ससुराली जानु भएको र आएपछि छलफल गराउने छलफलमा कुरा नमिले मुद्धा दर्ता गर्ने बताउनु भएको छ ।
यस विषयमा ईलाका प्रहरी कार्यालयमा शनिबार पुनः छलफल राखिएको शिक्षक साहशंकरले जानकारी दिनु भयो । इलाका प्रहरी कार्यालय वयलवास,केसरगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुंगानाले घटनाको विषयमा शनिबार छलफल हुने जानकारी दिनु भयो ।
वडाध्यक्ष पाख्रिनले गाली गलौज गरेको अडियो रेकर्ड पनि शिक्षक शाहसंकरले आफूलाई उपलव्ध गराएको प्रहरी प्रमुख प्रहरी निरिक्षक ढुंगानाले बताउनु भयो । ‘हामीले घटनालाई सामान्यीकरण गर्न खोजेको होइन,’ प्रहरी निरीक्षक ढुंगानाले बताउनु भयो ।, ‘शिक्षक साहशंकरलाई अन्याय भएको रहेछ भने उहाँले न्याय पाउनुहुने’ प्रहरी निरिक्षक ढुंगानाले बताउनु भयो ।
 

सम्बन्धित समाचार