Close This

दाईजो प्रथालाई चुनौती दिँदै जनबादी बिबाह सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१०-६ गते   ६९३ पटक हेरिएको

 तराईका जिल्लाहरुमा बढी रहेको दाईजो प्रथालाई चुनौती दिँदै सर्लाहीको लालबन्दीमा कम्युनिष्ट नेताहरुले जनबादी बिबाह गरेका छन । 
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को भातृ संगठन अनेरास्ववियुका केन्द्रीय कमिटि निर्वाचन आयोगका सदस्य सरोजबाबु न्यौपाने र अनेरास्ववियुकी नेतृ दिपा देवकोटाले जनबादी बिबाह गरेका हुन । तराईका जिल्लाहरुमा छोरीको बिबाह गर्दा ज्वाईलाई दाईजो दिनुपर्छ भन्ने मान्याता रहेको समयमा त्यसलाई चिर्दै पार्टि प्यालेसमा उनिहरुले जनबादी बिबाह गरेका हुन । दाईजो प्रथाले जडिएको समाजमा विकृति विसंगतीको अन्त्य होस भन्नकालागि आफुहरुले जनबादी बिबाह गरेको बरबधुले बताएका छन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का सह संयोजक नागेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा भएको जनबादी बिबाहमा पार्टीको विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । जनबादी  बिबाहका प्रमुख अतिथि  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का सह संयोजक नागेन्द्र चौधरीले  समाजमा रहेको विकृति विसंगती कुरीति कुसंस्कारको अनत्य गर्दै समृद्ध नेपाल निर्माणका लागि जनबादी बिबाहले राम्रो सन्देश दिएको बताउनु भयो । उहाँले केही पुरातनबादीहरुले ज्वाइ किन्नु पर्छ छोरीको बिबाहमा दाइजो दिनुपर्छ भन्ने सोचका साथ छोरीको बिबाहमा खेत बेच्ने तथा ऋण खोज्ने गरेको बताउदै त्यस्ता संकुचित मानसकिता भएको समाजलाई यो जनबादी बिबाहले छोरीको बिबाह थोरै खर्चमा पनि गर्न सकिन्छभन्ने सन्देश दिएको बताउनु भयो ।
प्रमुख अतिथि चौधरीले दाईजो प्रथा,छोरीचेली बेचबिखन,ज्वाई किन्ने परम्परा,आत्माहत्या,लगायतका कार्य यस प्रकारका बिबाहहरुले अन्त्य गर्दै लैजाने भन्दै बरबधुलाई शुभकामना दिनु भयो । अब २ नम्बर प्रदेशका सचेत नागरीकले गरीबिका कारण छोरीको बिबाह गर्न ऋण खोज्ने र खेत बेच्ने दिनको अन्त्य भएको वक्ताहरुले बताएका छन । सर्लाहीको लालबन्दी नगरपालिका ७ मा रहेको लालबन्दी पार्टी प्यालेसमा जनबादी बिबाह कार्यक्रम सम्पन्न भएको हो ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech