Close This

पदाधिकारी चयन नगरी माओवादी केन्द्र प्रदेश २ को अधिवेशन सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-४ गते   ११३४ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) प्रदेश २ कोप्रथम प्रदेश अधिवेशनको बन्द सत्र सकिएको छ । मंसिर २५ गते जनकपुरमा खुल्ला सत्रको उद्धघाटन गरेको माओवादी केन्द्र प्रदेश २ ले सर्लाहीको लालबन्दीमा बन्द सत्र गरेको थियो ।
 दुई दिन सम्म चलेको बन्द सत्रले प्रदेश कमिटि सदस्यमा २ सय ७१ जना मध्य २ सय ७६ जना क्लस्टर तर्फबाट घोषणा गरेको छ । बाँकी रहेका ४ जना विभिन्न क्लस्टर,दलित,मुस्लीम र अन्य गरेर पछि पुरा गरिने नेकपा(माओवादी केन्द्र) बन्द सत्रको अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर रायले बताउनु भयो ।  रामेश्वर रायको अध्यक्षतामा राजु खड्का,हरिनारायण चौधरी,रुवि कर्ण,बालेश्वर चौधरी,ओहित अन्सार र अन्जु बैठा सदस्य रहेको  ७ सदस्यीय अध्यक्ष मण्डल रहेको थियो ।
लालबन्दी नगरपालिका ७ स्थित लालबन्दी पार्टी प्यालेसमा भएको बन्द सत्र कार्यक्रमले सप्तरीबाट २९ जना सिरहाबाट ३९ जना,धनुषाबाट ३४ जना,महोतरीबाट ३७ जना,सर्लाहीबाट ३४ जना,रौतहटबाट ४० जना, बाराबाट ३० जना र पर्साबाट २४ जना गरी २ सय ६७ जना सिफारिस गर्न सम्बन्धीत जिल्ला कमिटिलाई नै जिम्मा दिएको छ । जिल्लाबाट आएका प्रतिनिधिहरुले प्रदेश कमिटिमा पठाउने नामवली तयार पारी पुष २० गते सम्म निर्वाचन मण्डललाई बुझाउने र पुष २५ गते एक कार्यक्रमको आयोजना गरी प्रदेश कमिटिको सपथ ग्रहण हुने अध्यक्ष मण्डलले जनाएको छ । पुष १०,११ र १२ गते काठमाण्डौँमा हुने राष्ट्रिय अधिवेशनमा जाने प्रतिनिधिहरुको छनोट गर्ने काम पनि जिल्ला कमिटिले नै गर्नपाउने भएको छ ।
जिल्लागत प्रदेश कमिटिमा पर्नु पर्ने संख्या विवरण सार्वजनिक गर्दै अध्यक्ष मण्डलले सदस्य संख्याको आधारमा सप्तरीमा ३,सिरहामा ४,धनुषामा ३,महोतरीमा २,सर्लाहीमा ३,रौतहटमा ३ बारामा ४ र पर्सामा २ जना,प्रतिनिधि प्रदेश अनुपातमा सप्तरीमा ०,सिरहामा ६,धनुषामा ५,महोतरीमा ५,सर्लाहीमा ३,रौतहटमा ५ बारामा २ र पर्सामा ०,स्थानीय तहनिर्वाचित अनुपातमा सप्तरीमा २,सिरहामा ४,धनुषामा २,महोतरीमा ४,सर्लाहीमा ४,रौतहटमा ५ बारामा २ र पर्सामा १ जना,संगठनका आधारमा सप्तरीमा २,सिरहामा ३,धनुषामा ३,महोतरीमा ३,सर्लाहीमा ३,रौतहटमा ३ बारामा २ र पर्सामा २, समानुपातिक मत अनुपातमा सप्तरीमा २,सिरहामा ३,धनुषामा ३,महोतरीमा ४,सर्लाहीमा ४,रौतहटमा ४ बारामा २ र पर्सामा १,महिला खुल्ला सप्तरीमा ८,सिरहामा ८,धनुषामा ८,महोतरीमा ९,सर्लाहीमा ८,रौतहटमा ८,बारामा ८ र पर्सामा ८,मुस्लिम संख्याको आधारमा सप्तरीमा ३,सिरहामा ३,धनुषामा ३,महोतरीमा ४,सर्लाहीमा ३,रौतहटमा ७ बारामा ५ र पर्सामा ५,दलित संख्याको आधारमा सप्तरीमा ९,सिरहामा ८,धनुषामा ७,महोतरीमा ६,सर्लाहीमा ६,रौतहटमा ६ बारामा ५ र पर्सामा ५ गरी जम्मा २ सय ६७ जनाको संख्या आउने निर्वाचन मण्डलले जनाएको छ । जसमा प्रदेश कमिटि सदस्यमा सिफारिस गर्दा दलित, मुस्लिम र महिला ३५ प्रतिशत र युवा २० प्रतिशत हुनु पर्ने पार्टीको विधानमा उल्लेख गरिएको छ ।
स्थायी कमिटि सदस्य तथा प्रदेश २ का इन्चार्ज गणेश साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सह इन्चार्ज विश्वनाथ साह,महेन्द्र पासवान,प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी, र सचिव श्रवण यादवको आतिथ्यता रहेको थियो । दुई दिन चलेको बन्द सत्रले प्रदेश कमिटिका पदाधिकारी भने पछि चयन गर्ने भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech