एमसीसीकाे विरुद्धमा माओवादी केन्द्रकाे भातृसंगठनकाे विराेध र्याली

3.7k Shares

नेकपा( माओवादी केन्द्र) निकट अनेरास्ववियु( क्रान्तिकारी) र याेङ्ग कम्युनिस्ट लिग नेपाल( वाईसियल)सर्लाहीले एमसीसीकाे विराेधमा विराेध र्याली गरेकाे छ । 
 याेङ्ग कम्युनिस्ट लिग नेपाल  मधेश प्रदेशका संयाेजक सन्देश श्रेष्ठको नेतृत्वमा सर्लाहीको हरिवनमा विरोध र्याली गरेका हुन।
राष्ट्रघाती सम्झौता खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद,देश बेच्न पाईदैन, राष्ट्रघाती सम्झौता खारेज गर,विदेशी दलाल हाेसियार लगायतका नारा लेखिएका प्लेकार्ड बाेकेर हरिवन बजारकाे परिक्रमा गरिएको अखिल( क्रान्तिकारी) सर्लाहीका अध्यक्ष रन्जित सहनीले जानकारी दिनुभयाे । 
उहाँका अनुसार हरिवन नगरपालिकाकाे परिक्रमा गरि हरिवन नगरपालिका ११ स्थित सगुन सहकारीको भवन अगाडि काेण सभामा परिणत भएको हाे । 
पार्टीको केन्द्रीय सर्कुल अनुसार देशैभर एकै साथ एसमसीसीकाे  विराेधमा विराेध र्याली गरिएको नेकपा( माओवादी केन्द्र) सर्लाहीका संयाेजक कमल बुढाथोकीले जानकारी दिनुभयाे ।
कार्यक्रममा माओवादी केन्द्रका मधेश प्रदेश संयाेजक प्रह्लाद बुढाथोकी,जिल्ला संयाेजक कमल बुढाथोकी,वाईसीएल मधेश प्रदेशका संयाेजक माेहनलाल श्रेष्ठ( सन्देश),प्रदेश सह संयाेजक समीर बराईली,विध्यार्थी नेता विवेक मैनाली लगायत सयौंको संख्यामा   विध्यार्थी तथा युवाहरुकाे सहभागीतामा विरोध र्याली गरिएको वाईसियल नेपाल सर्लाही संयाेजक नरेश ग्रान्जाले जानकारी दिनुभयाे । 
कार्यक्रममा माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले राष्ट्रियता,स्वाधीनता विरुद्ध काेही लाग्छ भने त्यसकाे खुलेर विराेध गर्ने बताउनु भयाे । उहाँले राष्ट्रियता र स्वाधीनता भन्दा प्याराे सरकार र गठबन्धन नरहेकाे बताउँदै आवश्यकता अनुसार सरकार र गठबन्धन छाडेर सडकमा आउने बताउनु भयाे । यता, वाईसीएल नेपाल मधेश प्रदेशका संयाेजक श्रेष्ठले एमसीसीका विरुद्धमा सडकमा युवाहरु मर्न तयार रहेकाे बताउनु भयाे ।माओवादी केन्द्र  मधेश प्रदेशका अध्यक्ष बुढाथाेकीले अर्काे संघर्षकाे लागि तयार रहन विद्यार्थी तथा युवाहरूलाई निर्देशन गर्नुभयाे ।

 

सम्बन्धित समाचार