सर्लाहीको लालबन्दी नगरपालिकाअन्र्तगत रहेका तीनवटा नदीहरुमा जनप्रतिनिधिहरु र कर्माचारीहरुको मिलेमतोमा अवैध नदी दोहन भई रहेको छ । लालबन्दी नगरपालिकाले लखन्देही,कालीन्जोर र फुलजोर नदीहरुको ठेक्का लगाएको छ । वातावरणिय मुल्यांकन अध्यायन प्रतिवेदन समेत नबनाई नगरका जनप्रतिनिधिहरु,कर्माचारीहरु र ठेकेदारहरुको मिलेमतोमा अवैध नदी दोहन भईरहेको छ ।
गतवर्षहरुमा बागमती नदी,बाँकै नदीहरुमा पनि ठेक्का लाग्ने गरेको भएपनि यस वर्ष लालबन्दी नगरपालिकाले आफ्नो सिमा क्षेत्रमा पर्ने लखनदेही,कालीन्जोर र फुलजोर नदीमा अहिले जनप्रतिनिधिहरु,कर्माचारीहरु र ठेकेदारहरुको मिलेमतोमा अवैध नदी दोहन भईरहँदा समेत सरोकारवाला निकाय मौन देखिएका छन् ।
स्थानिय निकायहरुले वातावरणिय मुल्यांकन अध्यायन प्रतिवेदन तयार पारी नदी जन्य पर्दाथ उत्खन्नको ठेक्का लगाउन पाउनु पर्ने भएपनि लालबन्दी नगरपालिकाले त्यसो नगरेको पाईएको डिभिजन वन कार्यालय सर्लाहीका कायाृलय प्रमुख सन्तोष झाले बताउनु भयो ।उहाँका अनुसार ठेकेदार कम्पनीले स्थानिय निकायलाई वेवास्था गर्दै मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन् गरिरहेका छन् । तर नियामक निकाय सम्बन्धीत स्थानिय निकाय हो ।
त्यसै गरी जिल्ला प्रशासन काार्यलय सर्लाहीले पनि यस विषयमा गैर जिम्मेवार पुर्ण जवाफ दिएको छ । सबै अधिकार स्थानिय निकायको रहेका कारण सो विषयमा आफुलाई कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनु भयो । उहाँले ठेक्का लगाउने,अनुगमन गर्ने,कार्बाही गर्ने लगायतका काम स्थानिय निकायको नै रहेका कारण आफुलाई कुनै जानकारी नभएको उहाँले बताउनु भयो । त्यसैगरी जिल्लाको विकास निर्माण लगायतको अनुगमनको अधिकार रहेको जिल्ला समन्यव समिति सर्लाहीका सभापति मेथुर चौधरीले सर्वाेच्च अदालतको निर्णय अनुसार जिल्लामा काम गर्न समस्या हुने बताउनु भयो ।
लालबन्दी नगरपालिका र इश्वरपुर नगरपालिकाको सिमानामा पर्ने फूलजोर खोलाको ढाडाटोल नाका, प्रतापटोल नाका र फूलजोर र कालिन्जोर दोभान नाकाबाट ५ फिट गहिराइ ८ लाख ९७ हजार ८ सय ९६ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी विकल्प कन्ट्रक्सनले रु ३५ लाखमा सम्झौता भएको थियो ।
त्यसैगरी लालबन्दी नगरपालिका अन्र्तगत पर्ने कालिन्जोर खोलाको भोर्लेनी नाका, रानीगञ्ज नाका, रेल्वेपुल नाका र जब्दी दोभान नाकाबाट ५ फिट गहिराइ कुल २५ लाख ६५ हजार ४ सय १८ घन मिटर उत्खनन् गर्ने गरी ठोकर निर्माण सेवाले रु १ करोडमा सम्झौता भएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाले जानकारी दिनु भयो ।
साथै,लखन्देही खोलाको लालबन्दी नगरपालिका ११ बाहुने नाका, हीरापुर नाका र हीरापुर कोइरीटोल नाकाको लखन्देही खोलाबाट १.५ मिटर अर्थात् ५ फिट गहिराइ ६ लाख ४१ हजार ३ सय ५४ घनमिटर गिटी बालुवा निकाल्न मिल्ने गरी गएको असोज २२ गते रु २५ लाखमा लालबन्दी नगरपालिका र जल्केश्वर कन्ट्रक्सन लालबन्दी नगरपालिका ८ बीच सम्झौता भएको थियो ।
फुलजोर खोला एक वर्ष इश्वरपुर र अर्काेवर्ष लालबन्दी नगरपालिका र लखनदेही खोलाको एक वर्ष हरिवन नगरपालिका र अर्काे वर्ष लालबन्दी नगरपालिकाले ठेक्का लगाउने गरेको छ । भने कालीन्जोर खोला हरेक वर्ष लालबन्दी नगरपालिकाले मात्रै लगाउने गरेको छ । भने यी तीन वटै खोला यसवर्ष लालबन्दी नगरपालिकाले ठेक्का लगाएको थियो । नगरपालिका र ठेकेदार कम्पनीबीच भएको सम्झौता विपरित ठेकेदार कम्पनीहरुले करिब पाँच गुणा बढी गहिरो पारेर गिटी बालुवा निकालि रहेका छन् ।
कालिञ्जोर र फूलजोर खोलाको नदीजन्य पर्दाथ नदी नजिकै संकलन गरेर राखेका छन् भने केही नदीजन्य पदार्थ जिल्लाका विभिन्न क्रसरहरुमा पुर्याउने गरेका छन् । जसका कारण आसपासमा रहेका दर्जनौँ बस्ती र खेतीयोग्य जमिन डुबान र कटानको उच्च जोखिममा रहेका छन् । यसरी मापदण्ड विपरीत ठेकेदार कम्पनीले गलत तरिकाले उत्खनन गरिरहँदा पनि सम्बन्धित निकायको मौनताले जनप्रतिनिधि,कर्मचारी र ठेकेदार कम्पनीको सेटिङ रहेको स्थानीयवासीको आरोप छ ।
त्यसैगरी लखन्देही खोलाको नजिकै रहेको हीरापुर, चन्द्रपुर पलार, नवलपुर, मोहनपुर, गणेशचोक लगायत दर्जनौँ गाउँ र उर्वरभूमि बाढी र कटानको जोखिममा रहेका छन् । नदी उत्खनन्को काममा नगरपालिका लगायत सरोकारवाला निकायहरुले जिम्मेवार नहुँदा ठेकेदारहरुको मनोमानी बढेको छ । सरोकारवाला निकाय मौन हुँदा खोलामा ठेकेदार कम्पनीले आफुखुसी करिब १५ देखि २० फिटभन्दा गहिरा खाल्डा पारेर नदीजन्य पदार्थ उत्खनन् गरेका छन् ।
ठेकेदारहरुले मापदण्ड अनुसार उत्खनन् न गरेको पाइए कानुनी कारबाही गर्ने प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाले बताउनु भयो । तर प्रभावकारी अनुगमन नभएको उहाँले स्विकार गर्नु भयो । ठेकेदार कम्पनीले उत्खनन् गरेपछि निरीक्षण गर्नुपर्ने नगरपालिका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिले स्थानीय बासिन्दाबाट आएको गुनासोमा कुनै तदारुकता नदेखाउनुमा उनीहरूको समेत मिलेमतोको आशंका रहेको स्थानीयवासीले आरोप छ ।
त्यसैगरी नदी उत्खनन्को लागि तयार पारिएको वातावरणिय मुल्यांकन अध्यायन प्रतिवेदन माग गर्दा लालबन्दी नगरपालिकाका इन्जिनियर रोशन पंडितले वातावरणिय मुल्यांकन अध्यायन प्रतिवेदन नै नबनाएको बताउनु भयो ।