Close This

सर्लाहीका राजनीतिक दलकाे आचारसंहिता विपरीत कार्य

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-१२ गते   ९३४ पटक हेरिएको

सर्लाहीका राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता र ट्राफिक नियमको उल्लंघन गरेका छन् । प्रमुख राजनीतिक दलहरु लगाए विभिन्न पार्टीका राजनीति दलहरुले आफ्नो चुनावी प्रचार प्रसारमा निर्वाचन आचारसंहिता विपरीत गरेका छन् ।
निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारी दर्ताको दोस्रो दिन लालबन्दी,हरिवन लगायतका स्थानमा उम्मेदवारी दर्ता गराउन पुगेका उम्मेदवारहरुले आचारसंहिता विपरीत झण्डाकाे आकार,ट्राफिक नीयम विपरीत,बालबालिकाकाे प्रयोग समेत गरेका पाईएकाे छ । उम्मेदवारहरुले उम्मेदवारी गर्न आउँदा बालबालिकाहरुको प्रयोग गरेका छन् ।
बालबालिकाको प्रयोग मात्र नभई ट्राफिक नीयमकाे समेतकाे  धज्जि उडाएका छन् । र्याली,बजागाजा सहित निर्वाचन अधिकृतकाे कार्यालय पुगेका राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech