सर्लाहीको रामनगर गाँउपालिकाको अध्यक्षमा नेकपा(माओवादी केन्द्र)का राजाबाबु यादव निर्वाचित हुनु भएको छ । बैशाख ३० मा भएको स्थानिय निकायको निर्वाचन २०७९ मा जिल्लाको रामनगर गाउँपालिकाबाट सर्लाहीकै सबै भन्दा कान्छा उम्मेदवार यादव १ हजार ६ सय ८९ मतान्तरले विजयी हुनु भएको हो ।
यादवले ४ हजार ८१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार हरिनन्द यादवले २ हजार ३ सय ९२ मत प्राप्त गर्नु भएकोथियो ।
त्यसैगरी उपाध्यक्षमा पनि नेकपा(माओवादी केन्द्र)कै गितादेवी ८ सय ९६ मतान्तरले विजयी हुनु भएको छ । उहाँले ३ हजार ५ सय २३ मत प्राप्त गर्नु भएको थियो भने निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कौशलीया साहले २ हजार ६ सय २७ मत प्राप्त गर्नुभएको छ ।