सशस्त्र प्रहरी पर्साले बरामद गरेको २४० केजी गाँजा पर्सा प्रहरीलाई बुझायो

1.8k Shares

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हे.क्वा.गण पर्साले ठूलो मात्रामा लागु औषध गाँजा बरामद् गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हे.क्वा.गण पर्साले बरामद् गरेको २ सय ४० केजी प्रतिबन्धित लागूऔषध गाँजा प्रहरीलाई बुझाएको छ ।
पर्साको बहुदरमाई नगरपालिका ७ विश्रामपुरबाट बरामद् गरेको प्रतिबन्धित गाँजा जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हे.क्वा गण पर्साका सशस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरीक्षक तेज पोख्रेलले जानकारी दिनु भयो ।
बिश्रामपुरको छप्कैया स्थित बाल निकेतन ईङ्गलिस बोर्डिङ्ग स्कुलको पूरानो भवन पछाडी झाँडीमा हरियो घाँस र कर्कलोको पातले छोपेर गाँजा लुकाई राखेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हे.क्वा गण पर्सा र हेडक्वार्टरबाट खटिएको टोलीले प्रतिबन्धित लागूऔषध गाँजा २ सय ४० के.जी. बरामद् गरि आवश्यक कार्बाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी प्रमुख शसस्त्र उपरीक्षक पोख्रेलले बताउनुभयो।

सम्बन्धित समाचार