Close This

कसैको इसारामा पित पत्रकारीता नगर्न बागमती नगरपालिकाको अनुरोध

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-२९ गते   १५७६ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिकाले केही मिडियाहरुले प्रकाशन गरेको समाचार प्रति कडा आपती जनाएको छ । नगरपालिका र नगर प्रमुखको विषयमा अनाधिकृत रुपमा चरित्र हत्या गर्ने गरी केही मिडियाहरुले समाचार प्रकाशन गरेको विषयमा बागमती नगरपालिकाले ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ती मार्फत आपति जनाएको छ ।
बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा अनलाइन न्युज पोर्टलको नाममा विभिन्न मनगढन्ते,अशोभनीय र चरित्र हत्या गर्ने किसिमले अपशब्दहरुको प्रयोग गरी कुसमाचार सम्प्रेषण गरिएको विषय प्रति नगरपालिका र नगर प्रमुख थापाकोे ध्यान केन्द्रित भएको उल्लेख गरिएको छ ।
प्रथम पटक निर्वाचित भए देखि नै यस नगरपालिकाको विकासप्रति दत्तचित्त भई निष्ठा र नैतिक मूल्यलाई पालना गर्दै आएको र मेरो कामकार्वाही र विकासप्रतिको स्नेहको मुल्यांकन गरेरे नै म जनअनुमोदित भइ दोस्रो पटक समेत निर्वाचित भएको अवस्थामा मैले आफ्नो निर्वाचित कार्यकालमा हाल सम्म नगरपालिबाट तलव, भत्ता लगायत कुनै सेवा सुविधा पनि लिएको छैन । १ किलोमिटर पनि कालोपत्रे सडक नभएको, हिले सडकमा हिड्नु पर्ने बाध्यता रहेकोमा हाल करिव २ सय किलोमिटर सडक कालोपत्रे बनाउन सफल भएको, विद्यालयहरुको वार्षिक सुचकमा आधारित मूल्यांकन पद्धती कार्यान्वयन गरिएको,सबै सरकारी विद्यालयहरुलाई निजी क्षेत्रभन्दा गुणस्तरीय बनाई अंग्रेजी माध्यमको पठन पाठनको शुरुवात गरिएको,पशु विज्ञान,कृषि तथा इन्जिनियरिंग विषयको सिटिभिटी पद्धतिका कक्षाहरु सञ्चालन गरिएको,सरकारी विद्यालय तर्फको दिन प्रतिदिन आकर्षण वृद्धि भएको,लामो समयदेखि बगरमा परिणत भएको नदी उकास जग्गाको उपयोग गरी करीव १२१ विगाह क्षेत्रफलमा पर्यटकीय स्थलको रुपमा बहुउद्देश्यीय माछा तालको निर्माण गरिएको, नगरपालिकाको आन्तरिक स्रोतलाई सवल बनाउन विविध प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरु पहिचान गरी संघ, प्रदेश र स्थानीय तह वीचको लागत साझेदारी तथा सह लगानीमा आयोजनाहरु सञ्चालन गरिएको,मौलिक र आधुनिक विकास प्रारुपको थालनी गरिएको व्यहोरा अवगत गराउदै केही मिडियाहरुले पितपत्रकारीता गरेको प्रति आफ्नो गंभिरध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विगत केही दिन देखि हामीले तयार गरेको बागमती माछा पोखरीको विषयलाई मेरो व्यक्तिगत विषयमा आघात पुग्ने गरि समाचार प्रकाशन भएको विषय प्रति म निन्दा प्रकट गर्न चाहन्छु । नगर प्रमुख थापाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ। 
यस्तो गैरजिम्मेवार पित पत्रकारिताको जतिसुकै खण्डन गरे पनि अधुरोनै रहन्छ । मेरो पत्रकारिता पेशा तर्फ सदैव सम्मान रहेता पनि सुचनालाई गैर अपव्याख्या गर्दै सिमित व्यक्तिको इशारामा चल्नु कुनै पनि हालतमा ठीक हुन सक्दैन । हामीले तयार गरेको पोखरी पहिले बुढी बागमती बग्ने क्षेत्रको नदी उकास जग्गामा बनाइएको हो । उक्त पोखरीको नाम भरत ताल नभएको, सम्पूर्ण कार्य सम्पन्न भए पश्चात पोखरीको औपचारिक नाम राखिने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । भरत ताल नामकरण गर्न कुनै औपचारिक निर्णय नभएको र भरत ताल भन्ने नाम स्वस्फुर्त रुपमा बजारमा आएको तर आफुले सो नामकरण गर्नुपर्छ भनी कहीं कतै नभनेको र आशय पनि व्यक्त नगरेको समेत नगर प्रमुख थापाले बताउनु भयो ।
उक्त क्षेत्रबाट उत्खनन भएको ढुंगा,गिटी,वालुवाको परिमाण राष्ट्रिय गौरवको आयोजना पूर्व पश्चिम रेलमार्ग निर्माण आयोजनामा उपयोग हुने गरी नगरपालिकाद्वारा विक्री वितरण गरिएको र बांकी परिमाण सोही आयोजनाको वरपर भण्डारण गरी राखिएको साथै  भण्डारण गरिएको परिमाण नगरपालिकाको आयोजनालाई उपयोग हुने जती राखी, बांकी बोलपत्रको माध्यमबाट नगरपालिकाले विक्री वितरण गर्ने गरेको समेत उल्लेख गरिएको छ । उक्त आयोजनाबाट उत्खनन भएको ढुंगा,गिटी,वालुवाको सन्दर्भमा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन,२०७४,संघीय सरकार र प्रदेश सरकारका मापदण्डहरु, वागमती नगरपालिकाको नदीजन्य पदार्थ (ढुंगा,गिटी,बालुवा उत्खनन,संकलन र विक्री वितरण सम्बन्धी ऐन, २०७६ तथा नगरकार्यपालिका र नगरसभाको निर्णयहरु बमोजिम विक्री वितरण तथा आयोजनाहरुमा उपयोग गरिने हुंदा यस्ता तथ्यहीन समाचार प्रति नलाग्न समेत नगरवासी र सरोकारवाला निकायहरुलाई विज्ञप्ती मार्फत अनुरोध गरिएको छ । विज्ञप्तीमा हाल सयौं पर्यटकको मनोरञ्जनको केन्द्र भएको यस पोखरी नगरपालिका र प्रदेश सरकारको दिगो आर्थिक स्रोतको रुपमा रहेको छ । वातावरणीय रुपमा पानीको रिचार्ज गर्ने केन्द्रको रुपमा रहेको उक्त आयोजना नगरको गौरवको आयोजनाको रुपमा रहेको हुंदा उक्त आयोजनाको आकर्षणलाई नै आघात पुग्ने गरी व्यक्तिगत लाञ्छना लगाउने जस्ता कार्य, देशको चौथो अंग जस्तो जिम्मेबार पत्रकारिताबाट संप्रेषण हुनु सोभनिय नहुने भएको हुँदा आफ्नो गरिमालाई पनि ख्याल राखी सम्वेदनशील विषयका सुचना संप्रेषण गर्दा ध्यान पुरÞ्याइ दिन पनि आग्रह गरिएको छ ।
यसै कसै प्रति घृणा र द्वैष फैलाउने किसिमका विद्युतीय स्वरुपका गैरकानुनी कुरा प्रकाशन गर्ने अनलाइन पोर्टलहरुलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोवार सम्बन्धी ऐन, २०६३ को दफा ४७ बमोजिम कारवाही गर्न समेत सरोकारवाला निकायको ध्यान केन्द्रित गराउन चाहन्छु । नगर प्रमुख थापाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बागमती नगरपालिकाले देशभरकै स्थानिय निकायहरुको तुलनामा उल्लेख्य काम गरेको देख्न नसक्ने केही व्यक्तिहरुको इशारामा केही मिडियाहरु लागेका भन्दै नगरपालिकाले त्यस्ता गतिविधिहरु प्रति आपती जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech