Close This

हावाहुरीमा परि १ जनाको ज्यान गयो,रुखको हाँगोमा चेपिएर १ जनाको मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-२२ गते   २६२ पटक हेरिएको

जिल्लाको कबिलासी नगरपालिका ३ बीरनगरामा सोमबार दिउँसो आएको हावाहुरीमा परी एक युवकको मृत्यु भएको छ । कविलासी नगरपालिका ३ का अन्दाजी १८ वर्षीय राजेश कुमार यादवको मृत्यु भएको कविलासी नगरपालिकाका नगर प्रमुख कौशल किशोर रायले जानकारी दिनु भयो । 
अचानक ठुलो हावाहुरी आएपछि घरमा लुकेर बसेका यादवको किचिएर मृत्यु भएको हो । जस्तापाताले छाएको घर हावाहुरीले उडाउँदा सोही घरको जस्तापाताले लागेर यादवको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक विश्वमणी पोखरलेले बताउनु भयो ।
त्यसैगरी  सर्लाहीको हरिवन नगरपालिका १ कौलाशपुरीमा  रुखको हाँगाले चेपेर एक पुरुषको ज्यान गएको छ । हरिवन नगरपालिका–१ कौलाशपुरी क्षेत्रको जंगलमा सोमवार बिहान घाँस काट्न गएका स्थानिय अन्दाजी ४०÷४२ बर्षका नारायण कुमार श्रेष्ठ रुखको हाँगाले चेपेर ज्यान गएको हरिवन प्रहरीले जनाएको छ ।
 जंगलमा घाँस काट्न गएका श्रेष्ठको घाँस काट्न रुख चढेको समयमा सोही रुखको हाँगाले चेपेरका कारण उनको ज्यान गएको स्थानियबासीले बताएका छन । उनलाई तत्काल उद्वार गरी हरिवनको नमुना अस्पताल पुर्याएको भएपनि उनको बाटो मै ज्यान गएको चिकित्सकहरुले बताएका प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech