छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-११ गते   २५० पटक हेरिएको

मिथिञ्चलमा विशेषा रुपमा मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । सूर्य भगवान एवम् दिनानाथको पूजाआजा गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वकाे दाेस्राे दिन आज खरना मनाईदै छ ।
आजको दिन साँझ चामल,सक्खर र दूध मिलाएर बनाएको खिर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ । दिनभर उपवास बसेका छठ व्रतालुले आज साँझ नियम निष्ठाकासाथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यहरुलाई खान दिन्छन् ।
सन्तान एवम पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने छठ व्रतालुहरुले नुहाएर अरबा अरबाइन एवम चोखो खाने  कुरा खाएपछि शुक्रबार विधिवत रुपमा सुरु भएको हो । त्यस अघि व्रतालुहरुले माछा र कोदो बारेका थिए । भोली आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सकिन्छ ।
चारदिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले नुहाएर चोखो एवम अरबा अरबाइन खाने,दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उँदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।
छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यको अर्घ दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात उदउँदो सूर्यलाई अर्घ दिने दिनलाई पारन भनिन्छ । छठ पर्वमा बाँसको ढाकी,डग्री,माटोको कोसिया कुरबार, हातीलागयतको सामग्रीहरु चढाइन्छ ।
त्यस्तै प्रसादको रुपमा ठकुवा,भुसुवा,केरा, खाजा,उखु, वेसार,अदुवा एवम विभिन्न प्रकारका मिठाइ तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।
अर्घ दिने व्रतालु ४८ घन्टासम्म पानी पनि नखाइ उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।
मिथिलाञ्चलमा छठको तयारी तीव
मिथिलाञ्चल लगायत तराई मधेशमा अहिले पूर्णरुपमा छठपर्वको तयारी हुदैछ। छठपर्वको पूजा सामग्री  किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ ।
त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन पोखरी,सरोवर,नदी,तलाउ,पोखरी,ईनार लगायतको जलाशयको किनारमा घाटलाई सृंगारिने काम भइरहेको स्थानिय मनाेज साहले बताए ।
खास गरी मधेश प्रदेशका धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउहरुमा साथै आफ्नाे नजिकै खाेपरी बनाएर पनि   सजाएर झकिझकाउ बनाउने काम धमाधम भईरहेकाे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech