नेपाल जेसीजको लालबन्दी शाखाले चौथो पदस्थापन समारोह तथा सम्मान कार्यक्रम माघ ७ गते गर्ने भएको छ ।मानवताको सेवा,विधिको शासन र विश्वबन्धुत्वको भावनालाई आत्मसात गरी उर्जावान युवाहरुमा अन्तरनिहित नेतृत्व र व्यक्तित्व क्षमताको विकास सँगसँगै सुयोग्य नागरीक बनाई समाजलाई हस्तान्तरण गर्ने अभिप्रायले अन्तर्राष्ट्रिय संगठनको मातहतमा रहेको नेपाल जेसीजले आफ्नो चौथो पदस्थापन समारोह तथा सम्मान कार्यक्रम माघ ७ गते गर्ने भएको हो ।
नेपाल जेसीज एवम जेसीजका हरेक गतिविधि संग प्रत्यक्ष सम्पर्कमा रही बिभिन्न कार्यक्रम संचालन गर्दै आएको नेपाल जेसीज लालबन्दी शाखाको रुपमा सन् २०१९ मा स्थापित लालबन्दी जेसीजले आफ्नो स्थापनाकालवाट नै परिवर्तनका संवाहक युवाशक्तिलाई तालिम र विभिन्न कार्यक्रमको माध्यमवाट योग्य र क्षमतावान वनाइ सामाजिक तथा मानवीय सेवामा समर्पित गराई सभ्य समाज निर्माण अभियानमा सदैव कृयाशिल रहदै आएको लालबन्दी जेसीज वर्ष २०२२ का अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए ।
स्थानीय क्षेत्रमा सकारात्मक परिवर्तनका लागि हातेमालो गर्दै अगाडी बढिरहेको लालबन्दी जेसीजको चौथो पदस्थापन समारोह लालबन्दी नगरपालिका ९ स्थित रहेको होटल आर्या इन बस्तीपुरमा हुने कार्यक्रम संयोजक गणेश बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार माघ ७ गते शनिबार दिउँसो ४ बजे चौथो पदस्थापन समारोह तथा सम्मान कार्यक्रम उद्घाटन हुने छ ।