Close This

एकसाता पछि हरिपूर्वा नगरपालिकाका कर्मचारी काममा फर्किए

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-१८ गते   २५० पटक हेरिएको

सर्लाहीको हरिपूर्वा नगरपालिकाका कर्माचारीहरु नियमित काममा फर्किएका छन् । कर्माचारी र जनप्रतिनिधिहरु वीचको विवादका कारण करिब एक सातादेखि आन्दोलीत कर्माचारीहरु नगरपालिकाको काम काममा फर्किएका हुन ।
गएको बिहीबार प्रमुख प्रशाकीय अधिकृत वसन्त न्यौपानेमाथि केही वडा अध्यक्षहरुले गालीगलौच र दूव्र्यवहार गरेपछि दोषी वडा अध्यक्षहरुलाई कारवाहीको माग गर्दै नगरपालिकाका कर्माचारीहरुले नगरको कामकाज ठप्प पारेका हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद कुमार साहले बताए ।उनका अनुसार केही वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई गालीगलौच र दूव्र्यवहार गरेपछि दोषी वडा अध्यक्षहरुलाई कारवाहीको माग गर्दै नगरपालिकाका कर्माचारीहरुले नगरको कामकाज ठप्प पारेका थिए ।
तर,बुधबारबाट कर्माचारीहरु आफैँ नियमित काममा फर्किएका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए । प्रशासकीय अधिकृत न्यौपाने भने अझै कार्यालयमा अनुपस्थित रहेका छन् ।
जनप्रतिनिधि र कर्मचारीहरुबीचको टकराबले नगरवासी मारमा परेका स्थानीय विरेन्द्र कुमारअधिकारीले बताए । उनका अनुसार बल्लतल्ल बजेट पास भएपनि रानीतिक कारण हरिपूर्वामा योजनाहरु भने चालू भएका छैनन् । गएको ५ वर्ष विवादै–विवादमा रुमलिएको यो नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि पनि त्यही अवस्था देखिएको अर्का स्थानीय राधव रायले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech