बागमतीमा राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद सप्ताह सुरु

1.8k Shares

सर्लाहीको बागमतीमा नगरस्तरीय राष्ट्रपति रनिङ  शिल्ड तथा खेलकुद  सप्ताह अन्तर्गत विभिन्न पाँचवटा विद्यालयहरुका छनोट चरणका खेलहरु सम्पन्न भएको छ । बागमती नगरपालिका भित्रका विभिन्न ५ वटा केन्द्र विद्यालयहरुको  राष्ट्रपति रनिङ  शिल्ड तथा खेलकुद सप्ताह अन्तर्गत विभिन्न पाँचवटा विद्यालयहरुका छनोट चरणका खेलहरु सम्पन्न भएको हो ।


नगरपालिका भित्र रहेका पाँचवटा माध्यमिक विद्यालयहरुलाई केन्द्र विद्यालय निर्धारण गरी सो केन्द्र विद्यालय अन्तर्गतको  फिडर स्कुल विच  प्राथमिक तहको छनौट चरण खेलको प्रतिस्पर्धा गराइएको बागमती नगरपालिकाको शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार प्राथमिक तहको केन्द्र स्तरीय छनौट चरण खेल अन्तर्गत एथलेटिक्सको  ट्र्याक तर्फ एक सय,दुई सय र चार सय मिटरको  दौड  फिल्डतर्फ हाइ जम्प,लङ जम्प ,ज्याभलिङ  थ्रो र सटफुट  गरी  सात छुट्टा छुट्टै विद्यामा खेल भएको हो । हरेक खेलमा छात्र र छात्रा  दुबै विच छुट्टा छुट्टै  प्रतिस्पर्धा गराइएको शिक्षा शाखाले जनाएको छ । पाँच वटा  केन्द्र विद्यालयमा भएको खेलमा एक सय ७५ जना छात्र र एक सय ७५ जना  छात्रा गरी  जम्मा तीन सय ५० जना छात्र/छात्राहरुले  प्रत्यक्ष सहभागीता जनाएका शिक्षा शाखाका ओम बहादुर कार्कीले बताए ।


बिहीबार भएको छनौट चरणको खेलमा प्रथम स्थान हासिल गर्ने पाँच वटा केन्द्र विद्यालयहरुका विद्यार्थीहरु विच (शुक्रबार)भोली बिहान १०ः३० देखि बागमती नगरपालिका १० स्थित क्रियटिभ युथ क्लबको मैदानमा प्राथमिक तहको फाइनल खेल हुने र २१ गते देखि २३ गते सम्म फेरी सोही स्थानमा मा.वि स्तरीय राष्ट्रपति  रनिङ शिल्ड प्रतियोगीता सुचारु  हुने शिक्षा शाखाले जनाएको छ । यसरी प्राथमिक तह र माध्यमिक तहको खेलमा गरी कुल आठ सय जना विद्यार्थीहरुले प्रत्यक्ष सहभागीता जनाउने भएका छन् ।

सम्बन्धित समाचार