Close This

सर्लाहीमा हबल्दार सिपाहीकाे कमिसन असुली दवदवा,प्रउ सुवेदी लाचार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१२-२ गते   १६० पटक हेरिएको

गणेश खड्का 
सर्लाहीको ईलाका प्रहरी कार्यालय हरिवनमा प्रहरी हबल्दार र सिपाहीको दवदवा बढेको छ । मधेश प्रदेश भन्दा अन्यत्र दरवन्दी भई विगत करिब सात वर्ष देखि ईलाका प्रहरी कार्यालय हरिवनमा बसेका प्रहरी हबल्दार जीवन बोहोराको दवदवा बढेको हो ।
ईलाका प्रहरी कार्यालय हरिवनको प्रशासन,सामुदायिक,कार्य र जिन्सी लगायतका सबै शाखामा आफ्नो दवदवा राख्दै कार्यालय प्रमुखलाई अरु प्रहरी कर्माचारीहरुको कुरा लाउने काममा हबल्दार बोहोरा सक्रिय रहेका प्रहरी कर्माचारीको भनाई छ ।उनको दरबन्दी शसस्त्र प्रहरी गण रातमाटे हेटौंडामा रहेको भएपनि उनी विगत लामो समयदेखि ईलाका प्रहरी कार्यालय हरिवनमा आफ्नो दवदवा कायम राख्दै बसि रहेका छन् ।
प्रहरी सहायक हबल्दार नवराज लम्साल र सिपाही दिपेन्द्र कुमार कुशवाहलाई ईलाका प्रहरी कार्यालय हरिवनको घुमुवामा राखेर प्रहरी हबल्दार बोहोरा समेत हरिवनका होटलहरु,हरिवन क्षेत्रमा आउने भन्सार छलीका सामानहरु लगायतबाट कमिसन असुल्नमा व्यस्त रहेका प्रहरी स्रोतको  दाबी छ ।
उनिहरुले होटलहरुमा हुने गैर कानुनी धन्दा,हरिवन क्षेत्रमा हुने जुजा तासका साथै हरिवन बजारमा आउने भन्सार छलीका सामानहरुबाट कमिसन असुल्ने गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीलाई जानकारी नभएको होइन् । तर उनिपनि लाचार कार्यालय प्रमुखको रुपमा देखिएका छन् ।
त्यसैगरि,हरिवन क्षेत्रमा हुने मोटरसाईकल चोरी तथा सिन्धुलीको हरिहरपुरगढी र मरिण क्षेत्रबाट आउने लागू औषध गाँजा तथा सिमानाकाबाट आउने लागू औषधका साथै भन्सार छलीका सामानहरुबाट समेत उनीहरुले कमिसन उठाउने गरेका प्रहरी उपरिक्षक सुवेदीलाई जानकारी भएको भएपनि  मौन देखिनुले कमिसन असुलीमा उनको समेत हात रहेका अनुमान गर्न सकिन्छ ।
सिमानाकाका साथै जिल्लाको प्रहरी संगठनलाई चुस्तदुरुस्त पार्ने प्रतिवद्दता जाहेर गरेका प्रहरी उपरीक्षक सुवेदीले आफ्नै संगठन भित्र कडाइ गर्न नसकेका स्थानीय जानकारहरुको आरोप छ ।
आफुलाई पानीमाथि ओभानो देखाउने प्रहरी उपरीक्षक सुवेदीले हबल्दार बोहोरालाई दरबन्दी पठाउन नसकेका वा नचाहेका हुन भन्ने प्रश्नको जवाफ बुझ्न बाकी छ । भने ईलाकाप्रहरी कार्यालय हरिवनको मुद्धा शाखामा कार्यरत प्रहरी हबल्दार तारा थापाको सरुवा भएको भएपनि फेरी काज थमैती भएको समेत पाइएको छ ।
साे विषयमा बुझ्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवेदीले उनिहरुलाइ चाँडै आ-आफ्नाे दरबन्दी पठाउने बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech