Close This

दासढुंगा दुर्घटनाको २७ वर्ष पुरा,मदन आाश्रीतका हत्यार अझैँ लागेन पक्ता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२ गते   ३५२ पटक हेरिएको

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले कोरोना संक्रमणको महा मारीविरुद्ध अग्रभागमा स्वयंसेवी बन्न पार्टीका नेता र कार्यकर्तालाई आह्वान गर्नु भएको छ । रहस्यमय भनिँदै आएको दासढुंगा दुर्घटनामा मारिएका तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औं स्मृति दिवसमा आज जारी गरेको संयुक्त वक्तव्यमा उनीहरूले यस्तो आह्वान गर्नु भएको हो ।
३ जेठ २०५० मा दासढुंगा दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो। यही दिनको सन्दर्भ पारेर दुई वर्षअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण घोषणा भएको थियो। त्यसयता नव संगठित पार्टी नेकपाको नेतृत्व ओली र दाहालले गर्दै आउनु भएको छ । भण्डारी र आश्रितको स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्ष पुगेको दिन स्मरण गर्दै ओली र दाहालले आफ्नो पार्टी पंक्तिलाई कोरोना संक्रमणको महामारीको जोखिम स्मरण गराउनु भएको हो ।
ओली र दाहालले कोरोना महामारीको प्रभावकारी रोकथाम, नियन्त्रण र उपचारसँगै यसले सिर्जना गरेको आर्थिक समस्यासँग जुध्न सरकारको अगुवाइमा एकताबद्ध भएर लाग्न सबै दललाई अपील समेत गर्नु भएको छ ।
नेकपाका अध्यक्षद्वय ओली र दाहालले २७ वर्ष पहिले भएको दासढुंगा दुर्घटनाको सत्यतथ्य अन्वेषण गर्ने प्रतिबद्धता पनि दोर्होयाउनु भएको छ ।“उक्त घटनाको रहस्य अझै सार्वजनीक हुनसकेको छैन, आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन,” संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ, “हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिवद्धता पुनः व्यक्त गर्दछ।”

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech