ई.प्र.का.लालबन्दी करिब १ महिनादेखि प्रहरी निरिक्षक विहिन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-१३ गते   ६३४ पटक हेरिएको

शंखर पहाडी(गौरब)
सर्लाहीको ईलाका प्रहरी कार्यालय लालबन्दी विगत करिब एक महिनादेखि प्रहरी निरिषक विहिन भएको छ । ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरिक्षक शान्ताराम कार्की अनिवार्य अवकाश भई जेठ १७ गते गएपछि ईलाका प्रहरी कार्यालय लालबन्दी प्रहरी निरिक्षक विहिन भएको हो ।
पुर्व पश्चीम राजमार्ग स्थित लालबन्दी नगरपालिका ६ मा रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीमा लामो समयदेखि प्रहरी निरिक्षक नहुँदा मुद्धा दर्ता तथा अन्य प्रहरी निरिक्षकले गर्ने काम प्रभावित हुँदा स्थानीय मारमा परेका छन् ।
मुद्धा चल्ने ईलाका प्रहरी कार्यालय लालबन्दीमा अहिले बरिष्ठ सई जितेन्द्र चौधरी निमित्त प्रमुखको रुपमा रहेका भएपनि मुद्धा दर्ता तथा विशेष खालका छलफलहरु तथा हस्ताक्षरहरु गर्नु पर्दा ईलाका प्रहरी कार्यालय हरिवन,हरिपुर र केशरगन्जको भर पर्नु पर्दा स्थानीयलाई सास्ती भएको छ । 
ईलाका प्रहरी कार्यालय लालबन्दीमा प्रहरी निरिक्षकको दरबन्दी हुने र सोही अनुसार प्रहरी निरिक्षक खटिने गरेका भएपनि हाल प्रहरी निरिक्षक नहुँदा कार्यालयका प्रशासनिक देखि स्थानीयले धेरै प्रकारमा छलफलहरुका साथै मुद्धा मालिलामा सास्ती वेहोर्नु परेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech