सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले आफुखुसी स्वयंसेवक शिक्षक तथा कर्मचारी भर्ना गर्न खोजेपछि अरु जनप्रतिनिधिहरुले विरोध गरेका छन् । गाउँपालिका अध्यक्ष महतोले आफुखुसी आफ्ना आफन्त तथा आसेपासेहरुलाई स्वयंसेवक शिक्षक तथा कर्मचारी भर्ना गर्न खोजेपछि अरु जनप्रतिनिधिहरुले विरोध गरेका हुन्।
विवादका कारण शिक्षक भर्ना नहुँदा पठनपाठन प्रभावित भएको छ।पालिका क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर लगातार खस्कँदो अवस्थामा रहेकाले स्वयंसेवक शिक्षक व्यवस्थापनको कार्यविधि पारित गरिएको भएपनि कार्यविधिलाई नै मिचेर गाउँपालिका अध्यक्ष महतोले स्वयंसेवक शिक्षक तथा कर्मचारी भर्ना गर्न खोजेपछि आफुहरुले विरोध गरेको चन्द्रनगर गाउँपालिकाकी उप प्रमुख गितादेवी महतोले बताईन् ।
उनका अनुसार गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुको लागि आवश्यक शिक्षक भर्ना गर्न कार्यविधि र प्रक्रिया मिचेर गाउँपालिका अध्यक्ष महतोले आफुखुसी आफ्ना आफन्त तथा आसेपासेहरुलाई स्वयंसेवक शिक्षक तथा कर्मचारी भर्ना गर्न खोजेपछि विरोध गरिएको हो ।
उपाध्यक्ष महतोको नेतृत्वमा चन्द्रनगर ३ का अध्यक्ष सीताराम महतो,चन्द्रनगर ६ का अध्यक्ष रामस्वरुप राउत, चन्द्रनगर ५ का अध्यक्ष सूर्यवंश राय,चन्द्रनगर ७ का अध्यक्ष दीपेन्द्र चौधरी, चन्द्रनगर ४ का अध्यक्ष राजीवसिंह दनुवार र कार्यपालिका सदस्यहरू गरी १२ जनाले निवेदन नै लेखेर स्वयंसेवक शिक्षक भर्ना रोक्न चेतावनी दिएका छन्।
७ वटा वडा रहेको चन्द्रनगरमा ५ जना वडा अध्यक्षहरु र गाउँपालिकाकी उपा अध्यक्ष सहित १२ जनाले कार्यविधि र प्रक्रिया मिचेर गाउँपालिका अध्यक्ष महतोले आफुखुसी आफ्ना आफन्त तथा आसेपासेहरुलाई स्वयंसेवक शिक्षक तथा कर्मचारी भर्ना गर्न खोजेको भन्दै सो कार्य रोक्न निवेदन नै पेश गरेका चन्द्रनगर ३ का अध्यक्ष सीताराम महतोले बताए ।उनका अनुसार स्वयंसेवक शिक्षक भर्ना अन्योलमा परेको छ।
यस शैक्षिक सत्रमा चन्द्रनगर गाउँपालिकाले ४४ जना स्वयंसेवक शिक्षक भर्ना गर्ने तयारी गरेको भएपनि गाउँपालिका अध्यक्ष महतोले आफुखुसी आफ्ना आफन्त तथा आसेपासेहरुलाई स्वयंसेवक शिक्षक तथा कर्मचारी भर्ना गर्न खोजेपछि १२ जना कार्यपालिका सदस्यहरूले सो कार्य रोकेपछि स्वयंसेवक शिक्षक भर्ना अन्योलमा परेको चन्द्रनगर ५ का अध्यक्ष सूर्यवंश रायले बताए । उनले १२ जना कार्यपालिका सदस्यहरु सहित बहुमतमा रहेका आफुहरुलाई पाखा लगाई गाउँपालिका अध्यक्ष महतोले कार्यविधि र प्रक्रिया मिचेर गाउँपालिका अध्यक्ष महतोले आफुखुसी आफ्ना आफन्त तथा आसेपासेहरुलाई स्वयंसेवक शिक्षक तथा कर्मचारी भर्ना गर्न खोजेका थिए ।
तर,शिक्षक भर्ना प्रक्रिया निष्पक्ष गर्न खोजेको गाउँपालिकाका अध्यक्ष महतोले बताए । उनले उपाध्यक्षसहित १२ जना कार्यपालिका सदस्यहरु बहुमतले शैक्षिक क्षेत्रमा भएको समस्या समाधानमा सहयोग नगरेको आरोप लगाए ।
गाउँ कार्यपालिकामा नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित जनप्रतिनिधिहरूको बहुुमत रहेको छ।कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष महतो अल्पमतमा छन्।जनप्रतिनिधिहरुको विवादका कारण आवेदन आह्वान गरेको दुई महिनासम्म पनि छनोट प्रक्रिया अघि बढेको छैन ।
चन्द्रनगर गाउँपालिकामा २२ वटा सामुदायिक विद्यालय र ६ वटा मदरसा सञ्चालनमा रहेका छन्। प्रायः सबै शैक्षिक संस्था शिक्षक,शिक्षिकाको अभावमा नियमित पठनपाठन नहुने अवस्थामा रहेका गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।