सोमबार सुनचाँदीको भाउ घट्यो

गणेश खड्का    प्रकाशित: २०८०-४-८ गते   २४४ पटक हेरिएको

नेपाली बजारमा आज सुनचादीको भाउ घटेको छ । गत शुक्रबारदेखि सुनचाँदीको भाउ घटिरहेको छ । 

नेपाल सुनचाँदी महासंघका अनुसार आज पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ। सुनको भाउ तोलामा हिजो आइतबार ५०० रुपैयाँ र गत शुक्रबार ८०० रुपैयाँले घटेको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार र हिजो आइतबर चाँदीको भाउ तोलामा १५–१५ रुपैयाँले घटेको थियो। 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech