सर्लाहीको लालबन्दीमा रहेकाे विद्युत प्राधिकरण वितरण केन्द्रले अनियमित रुपमा विद्युत कटाैती गर्दा स्थानीय सास्ती खेप्न बाध्य भएका छन् ।
केन्द्रले विभिन्न बाहना बनाउदै पटक पटक दिनमा १०/१५ पटक सम्म विद्युत कटौती गर्दा गर्मी माैसममा सर्वसाधारण सास्ती खेप्न बाध्य भएका हुन ।
विद्युत आउदा पनि एकैनासकाे भाेल्टेज नआउने जसका कारण विद्युतिय उपकरणहरु बिग्रने गरेका समेत स्थानीयकाे गुनासाे छ ।
सामान्य पानी पर्दापनि विद्युत कटौती भई घण्टाै सम्म नआउने आएपनि २ मिनेट पनि नरहने लगायतका कारण स्थानीय सर्वसाधारण मारमा परेका हुन ।
साे समस्याका विषयमा विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीसंग बुझ्दा विभिन्न सामान्य समस्या देखाउदै पन्छिने गरेकाे छ ।
जसकाे प्रत्यक्ष प्रभाव उद्योग धन्दा, कलकारखानाहरु,शिक्षण संस्थाहरु,दुध डेरीहरुका साथै कतिपय स्थानीय तहबाट सेवालिने सेवाग्राहीहरुमा परेकाे छ ।