संविधान दिवसको अवसरमा बुधबार सर्लाहीमा प्रभातफेरि,सरसफाइ तथा दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।
८ औँ संविधान दिवस आयोजक मूल समारोह समितिको आयोजनामा बुधबार जिल्ला सदरमुकाम मलंगवा बजारमा प्रभातफेरि तथा सरसफाइ गरिएको हो । सोही अवसरमा शहीदहरु प्रति सम्मानसहित फूलमाला अर्पण र झण्डोत्तोलन समेत गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यावदले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह,उपप्रमुख जीतेन्द्रकुमार महतो,प्रमुख जिल्ला अधिकारी यादव,सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदी लगायत सुरक्षा अधिकारी, कार्यालय प्रमुख,नागरिक
समाज,गैर-सरकारी संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थीलगायतकाे सहभागी रहेकाे थियाे। संविधानको स्वागत गर्दै बुधबार बेलुका पनि विभिन्न कार्यालयहरु,दीप प्रज्वलन गरिएको छ ।
मलंगवाको शहीद चोक,जिल्ला प्रशासन कार्याल सहित अन्य सरकारी कार्यालयहरुमा दीप प्रज्वलन गरिएको छ । जिल्लाका विभित्र स्थानमा नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले),नेकपा(एकीकृत समाजवादी) लगायतका पार्टीहरुले पनि दीप प्रज्वलन गरेक छन् ।
जिल्लाका सबै पालिका,बजार,चोक,चौतारा तथा केही मानिसहरुले आफ्नाे घरमा पनि दीप प्रज्वलन गरेका छन् ।