धनकौल गाउँपालिकाका अध्यक्ष साहसंग तीनवटा नेपाली नागरिकता

576 Shares

सर्लाहीको धनकौल गाउँपालिकाका अध्यक्ष राम आश्रय साहसंग तीन वटा नेपाली नागरिकता रहेको पाइएको छ ।गाउँपालिका अध्यक्ष साहसंग तीन वटा नेपाली नागरिकता फेला परेपछि उच्च अदालत जनकपुरमा मुद्धा परेको र आवश्यक छानविन गर्न भन्दै नागरिकता किर्ते गरेको अभियोगमा उनलाई पक्राउ पुजी समेत जारी भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार विभिन्न फरक फरक जन्म मिति र नागरिकता नम्बर भएका तीन वटा नेपाली नागरिकता फरक फरक मितिमा गाउँपालिका अध्यक्ष साहले लिएका पाइएपछि उनी विरुद्ध नागरिकता किर्ते अभियोगमा मुद्धा दर्ता भएको र अदालतले पक्राउ गर्न मनुमति समेत दिएको छ ।
गाउँपालिका अध्यक्ष साहले नागरिकता किर्ते गर्नु भएको भन्दै धनकौल गाउँपालिका २ का स्थानीय रामआधार राय यादवले आवश्यक कार्बाहीको लागि उच्च अदालत जनकपुरमा मुद्वा दायर गरेका थिए ।त्यसपछि गाउँपालिका अध्यक्ष साहलाई पक्राउ गरि थप अनुसन्धान र कारवाही गर्न इलाका प्रहरी कार्यालय बरहथवालाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय सागर बिष्ट र विष्णुप्रसाद कोइरालाको सयुक्त इजलासले पत्राचार गरेको उच्च अदालत जनकपुरले जनाएको छ ।पक्राउ पुर्जी जारी गरेसंगै गाउँपालिका अध्यक्ष साह सम्पर्क विहिन भएका प्रहरी स्रोतको भनाई छ । 
यता,आफ्नो पहिलाको नागरिकता हराएको र पछि प्रतिलिपि लिदा धेरै कुरा बिग्रेको र सच्याउन निवेदन दिएको गाउँपालिका अध्यक्ष साहले बताए । तथापी पनि म माथि लागेको अभियोगको विषयमा सरोकारवाला निकायले आफ्नो तरिकाबाट अनुसन्धान गरोस,मेरो कारणले नभई जिल्ला प्रशासन कार्यालयका कर्माचारीहरुको कारण मलाई समस्या परेको रहेछ भने उनीहरुलाई के हुन्छ भन्दै प्रतिउत्तर गरे ।
गाउँपालिका अध्यक्ष साहले विभिन्न फरक फरक जन्म मिति र नागरिकता नम्बर राख्नुका साथै नागकिरता जारी मिति समेत फरक फरक राखेर बनाइएका तीन वटा नेपाली नागरिकता रहेको पाईएपछि अनुसन्धान सुरु गरिएको र थप अनुसन्धानका लागि उनलाई अदालतमा उपस्थित गराउन निर्देशन गरिएको जिल्ला अदालत सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार