प्रदेश सभा सदस्य लुंगेलीद्धारा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग

3.4k Shares

सर्लाहीको लालबन्दीका विभिन्न क्लबहरु तथा सामुदायिक विद्यालयहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग प्राप्त भएको छ । सर्लाही क्षेत्र नम्बर १(ख) की प्रदेश सभा सदस्य बेची लुंगेलीले विभिन्न ६ वटा क्लबहरु तथा ३ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गर्नु भएको हो ।संघिय क्षेत्र विकाश कार्यक्रम अन्र्तगत आफ्नो क्षेत्रमा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको प्रदेश सभा सदस्य लुंगेलीले बताउनु भयो । 


६ वटा क्लबहरु तथा ३ वटा सामुदायिक विद्यालयहरुलाई फुटबल,भलिबल,ब्याढमिन्टन,क्याराम्बोट तथा खेलकुदमा प्रयोग हुने जर्सी तथा बुटको व्यावस्था गरिएको उहाँले बताउनु भयो ।


 ६ वटा क्लबहरु तथा ५ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गर्ने लक्ष्य रहेको भएपनि आईतबार ६ वटा क्लबहरु तथा ३ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको र बाकी रहेका २ वटा सामुदायिक विद्यालयहरुलाई पनि केही दिनमै शैक्षिक तथा खेलकुद सामाग्री वितरण गर्ने प्रदेश सभा सदस्य लुंगेलीले बताउनु भयो । 


खेलकुद हवको रुपमा विकाश भई रहेको लालबन्दीलाई थप व्यावस्थीत बनाउँदै लैजाने लक्ष्यका साथ शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको प्रदेश सभा सदस्य लुंगेलीले बताउनु भयो । 


लालबन्दी नगरपालिका ९ को लाफा खेल मैदानमा भएको कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष गोपाल घिमिरे,नेकपाका नेता सुरेन्द्र कुमार लामा लगायतका नेकपाका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार