Close This

करिब २ किलो ५ सय ग्राम गाँजा सहित २ जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२९ गते   ३०२९ पटक हेरिएको

सर्लाहीको बाग्मती नगरपालिका ९ बाट प्रहरीले लागु औषध गाँजा बरामद् गरेको छ । बागमती नगरपालिका ९ का मिलनसिंह ठकुरी र राज कुमार ठकुरीकोे घरबाट करिब २ किलो ५ सय ग्राम लागु औषध गाँजा बरामद् गरेको  ईलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक उद्धब सिंह भाटले जानकारी दिनु भयो ।
 मिलनको घरबाट करिब १ किलो ७ सय ग्राम र राज कुमारको घरबाट करिब ८ सय ग्राम लागु औषध गाँजा करामद् गरिएको प्रनाउ भाटले बताउनु भयो । 
प्रहरी नायब उपरिक्षक भाटको कमाण्डको प्रहरी गस्ति टोलिले गस्ति गर्दै जाने क्रममा शंका लागी घर खनतलासी गर्दा  मिलनको घरबाट करिब  १ किलो ७ सय ग्राम र राजकुमारको घरबाट करिब ८ सय ग्राम लागु औषध बरामद् गरेको प्रहरीले जनाएको छ ।
 घर खनतलासी गर्दा लागु औषध गाँजा फेला परेपछि मिलन र राजकुमार लाई गाँजा सहित नियन्त्रणमा लिएको र उनिहरुको बारेमा आवश्यक अनुसन्धान जारी रहेको प्रनाउ भाटले बताउनु भयो । ईलाका प्रहरी कार्यालय बरथवामा प्रनाउ भाट आएपछि सो क्षेत्रमा गैर कानूनी क्रियाकलाप गर्नेहरुको निदहराम भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech