Close This

भन्सार छलीका ११ वटा राँगा प्रहरीको नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-३१ गते   ३७२ पटक हेरिएको

सर्लाहीको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट सर्लाही प्रहरीले भन्सार छली भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा राँगा नियन्त्रणमा लिएको छ ।
गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट भन्सार छली नेपाल ल्याउँदै गरेको अवस्थामा ११ वटा राँगा नियन्त्रणमा लिएको सर्लाही प्रहरीले जनाएको छ नियन्त्रणमा लिएको राँगा अन्दाजी मुल्य ५५ हजार बराबरको रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो ।
प्रहरी चौकी मधुवनगोठबाट खटीएको प्रहरीको  गस्ती टोलीले उक्त मुल्य बराबरका ११ वटा राँगा नियन्त्रणमा लिएको हो । र नियन्त्रणमा लिएका राँगा जिल्ला प्रहरी कार्यालय सर्लाहीको  नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech