Close This

संघियताले जन्तालाई सुविधा दिएको छ ः नगर प्रमुख देवकोटा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-३ गते   २८९६ पटक हेरिएको

शनिबार देशैभर छैठौँ संविधान दिवस मनाइँदैछ । विं.सं.२०७२ साल असोज ३ गते संविधानसभा मार्फत् संविधान घोषणा भएको दिनको सम्झनामा असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।  नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको छ । संविधान जारीपछि राजनीतिक रूपमा पूरा गर्नुपर्ने दायित्वहरू क्रमशः कार्यान्वयनमा छन् । संविधानले परिकल्पना गरेको कतिपय संरचना निर्माण र नागरिक तहसम्म पहुँच भने अझै पुग्न सकेको छैन ।
संविधानले परिकल्पना गरे अनुसारको सङ्घीय व्यवस्था कार्यान्वयनमा आएको छ । तर स्थानिय निकायबाट अझै पनि प्रभावकारी सेवा सुविधा प्राप्त हुन नसकेको नागरिकको गुनासो कायमै छ । दिवसको अवसरमा इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटाले आफ्नो नगरबासीलाई शुभकामना व्याक्त गर्नु भएको छ ।
कमलामाई मिडिया प्रालीसंग कुरा गर्दै नगरप्रमुख देवकोटाले संविधान जन्ताका प्रयोगात्मक रुपमा पालना गर्न सक्ने बनाउनु पर्ने बताउनुभएको । उहाँले आवश्यकता र औचित्यका आधारमा सबै तह तप्काकालाई समेट्ने गरि संविधान आउनु पर्ने बताउनु भयो । असन्तुष्टहरुलाई पनि समेटेर सन्तुष्ट पर्ने गरी संविधान संसोधन गर्नु पर्ने उहाँको भनाई छ । 
संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै देश संघिय संरचनामा गएको भएपनि गाउँ गाउँमा सिंह दरवार पुर्ण रुपमा लागु भई नसकेको उहाँले बताउनु भयो। तर संघियता नआएको भए नागरीकले अहिलेको माहामारीमा ठुलो संकट वेहोर्नु पर्ने नगरप्रमुख देवकोटाले बताउनु भयो ।

संविधान र संघियताका कारण स्थानिय निकायको संरचना बनेको र जन्ताले लामो सयमपछि जनप्रतिनिधिहरु पाएका कारण नागरीकका काम गर्न तथा नागरीकतलाई सेवा पाउन सहज भएको उहाँले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech