Close This

मन्त्री साहको गाडीले पैदलयात्रीलाई ठक्कर दिए पछि,मानवियता नदेखाई मन्त्री भागे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१८ गते   ४६२ पटक हेरिएको

 सर्लाहीको हरिवन नगरपालिका ९ मा सहरी विकास मन्त्री प्रभु साहको गाडीको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् ।  शनिबार दिउँसो मन्त्री साह सवार गाडीले पैदलयात्रीलाई ठक्कर लिएर  भागेको ज्ल्लिा ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको जिपले लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट घाइते भएका पैदलयात्री तामाङको हरिवनमा रहेको स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना लगत्तै घाइतेको उद्धार गर्न लाग्दा जिप भागेको प्रत्यक्षदर्र्शी चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस हरिवनका स्ववियु सभापति प्रज्वल ढुंगानाले जानकारी दिनु भयो ।
सभापति ढुंगानाले राज्यको मन्त्री जस्तो गरिमा पदमा बसेका व्यक्तीले मानवियता समेत नदेखाएको बताउनु भयएको छ । ‘दुर्घटना नहुने कुरो हैन, तर ठक्कर लागेपछि सामान्य मनिसले पनि मानवियता देखाउनुपर्छ, उहाँ त अहिलेको बहालवाला मन्त्री पर्नु भयो र पनि ठक्कर दिएपछि झन भाग्नु भयो,’। ‘हामीले तत्काल उद्धार गर्दा घाइतेको अवस्था सामान्य बनेको छ, यसमा मन्त्रीज्युले गल्ती महसुस गर्नुपर्छ ।’ ढुंगानाको भनाई छ ।
मन्त्री साह गृह जिल्ला रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा उहाँ सवारी गाडीले पैदलयात्रीलाई ठक्कर दिएको हो । ठक्कर दिने गाडीको बारेमा  प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि मन्त्री साह चढेको गाडी रहेको फेला परेको हो  । सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जिपले पैदल यात्रीलाई ठक्कर दिएको पुष्टि भएको बताउनु भयो । ‘मन्त्री ज्यू चढेको जिपले नै ठक्कर दिएको रहेछ, यसबारेमा माथि जाहेर गरिसकेका छौं,’ उहाँले बताउनु भयो । घाइतेको उपचार भइरहेको र अवस्था सामान्य रहेको सर्लाही प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech