सर्लाहीको बागमती स्थित रहेको बागमती सिँचाई आयोजना कर्मैया सहित देशभरका विभिन्न आयोजनाहरुमा कार्यरत आन्दोलित दैनिक ज्यालादारी कर्मचारीहरुसंग वार्ता गर्न जलस्रोत तथा सिँचाई विभाग जावलाखेलले छ सदस्यीय समस्या समाधान प्रतिवेदन टोली गठन गरेको छ ।कार्तिक १६ गतेदेखि आन्दोलित भएका सर्लाहीको बागमती स्थित रहेको बागमती सिँचाई आयोजना कर्मैया सहित देशभरका विभिन्न आयोजनाहरुमा कार्यरत दैनिक ज्यालादारी कर्मचारीहरुले मंसिर ८ गते कार्यालयको मूलगेटका साथै सवारी प्रवेश गर्ने गेटमा समेत तालाबन्दी गरी धर्ना दिएपछि विभागले उप–महानिर्देशक बासुदेव तिमल्सिनाको संयोजकत्वमा अन्य पाँच सदस्यीय समस्या अध्ययन गरी समाधानका लागि प्रतिवेदन पेश गर्ने समिति गठन गरेको हो ।

कार्तिक १६ देखि २० गते सम्म कालो पट्टी बाँधेर सवारी प्रवेश गर्ने गेटमा धर्ना दिएका दैनिक ज्यालादारी कर्मचारीहरुले दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्र्तगत मंसिर १ गतेदेखि ७ गते सम्म सवारी प्रवेश गर्ने मुलगेटमा तालाबन्दी गरेर नारावाजी गर्दै धर्ना दिएका थिए।त्यसपछि तेस्रो चरणको कार्यक्रम अन्र्तगत मंसिर ८ गतेदेखि कार्यालयको मुलगेटमा तालाबन्दी गर्दै कार्यालयको समेत काम कार्बाही प्रभावित पारेपछि विभागका उप–महानिर्देशक तिमल्सिनाको संयोजकत्वमा उप–महानिर्देशक रविन्द्र थापा,बागमती सिँचाई आयोजना कर्मैयाका आयोजना निर्देशक सुरेन्द्र पौडेल,सुनसरी मोरङ सिँचाइ आयोजना मोरङका आयोजना निर्देशक विर बहादुर धामी,विभागका उप–सचिव राम प्रसाद पौडेल र नारायणी सिँचाई व्यवस्थापन कार्यालय पर्साका कार्यालय प्रमुख प्रेम लासिवा सम्मिलित छ सदस्यीय समस्या अध्ययन गरी समाधानका लागि प्रतिवेदन पेश गर्ने समिति विभागले गठन गरेको हो ।

पहिलो र दोस्रो चरणमा शान्तीपुर्ण रुपमा धर्नामा बसेका दैनिक ज्यालादारी कर्मचारीहरुले आफ्नो तथा कार्यालयको समेत काम कार्बाही जारी राखेकामा तेस्रो चरणको कार्यक्रमबाट कार्यालयको तथा फिल्डको सबै काम प्रभावित पारेर आन्दोलन सुरु गरेपछि विभागले दैनिक ज्यालादारी कर्मचारीहरुको माग सम्बोधन गर्न भन्दै छ सदस्यीय समस्या अध्ययन गरी समाधानका लागि प्रतिवेदन पेश गर्ने समिति गठन गरेको हो ।हरेक आर्थिक वर्षको अन्त्यमा आयोजनाबाट दैनिक ज्यालादारी कर्मचारीहरुलाई विभिन्न वाहना बनाई आन्दोलनमा होमिन बाध्य बनाउने गरेकोमा यस पटक भने आन्दोलनको केही उपलब्धी हुने अपेक्षा गरिएको आन्दोलनर पक्षले जनाएको छ ।

दैनिक ज्यालादारी कर्मचारीहरूको उमेर हद खारेज गर्न,२०८३ कार्तिक ११ गते प्रकाशित सिंचाइ नम्र्समा सुधार गर्न,सिंचाइ विभागको च.नं. १०६९ को पत्र सहित सिंचाइ मन्त्रालयमा द.नं. ४८२० मिति २०७५ बैशाख ३१ गतेको नौ सदस्य समितिको सेवा सुविधा सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न,चाडपर्व खर्च र पोशाकको व्यवस्था गर्न तथा महँगी भत्ता व्यवस्था र सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न आन्दोलनरत पक्षले माग राखेका छन् । आफ्ना मागहरु सम्बोधन नहुँदा सम्म आफुहरु आन्दोलित हुने उनीहरुको अडान छ ।