२७ घण्टे“जेन जी”पुस्ताको आन्दोलनपछि बनेको अन्तरिम सरकारले मुलुकलाई चुनावसम्म पु¥याउने दायित्व पाएको छ।तर,राजनीतिक द्वन्द्व,प्रतिनिधिसभा विघटनको वैधता,आन्दोलनमा उठेका असन्तोषका मुद्दा र संवैधानिक अनिश्चितता बीच यो सरकारको मार्ग चरण सजिलो नभएको जानकारहरु बताउँछन् ।उनीहरुका अनुसार प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्तिले केही समयका लागि आशा र उत्साह जगाएको भए पनि प्रश्न चिन्हहरू खडा गरेको छ।
अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीको नियुक्ती वैधताको सवाल हो।आन्दोलन पश्चात् बनेका सरकारहरू प्रायःविद्रोहको वैधता बोकेर अघि बढ्ने गर्छन्,जसले प्रश्न उठाउने ठाउँलाई कमजोर बनाउँछ।तर नेपालको सन्दर्भ फरक छ।संविधानमै तोकिएको बाटोबाट सरकार नबनेको र राष्ट्रपति पौडेलले संविधानको धारा स्पष्ट नगरी धारा ६१ को आडमा नियुक्ति गरेको संकेत दिँदा अब अदालतमा विवाद पुगेमा अन्योलता थपिने सम्भावना प्रबल रहेको संविधानविद्धहरु बताउँछन्।यही कारणले दलहरू प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै दबाब बढाइरहेका छन्,जसले सरकारलाई निरन्तर राजनीतिक घेराबन्दीमा राख्ने उनीहरुको ठहर छ ।
त्यती मात्र नभई राजनीतिक विश्वासको संकट हो।आठ राजनीतिक दलहरूले संसद विघटनलाई असंवैधानिक भन्दै सार्वजनिक रूपमा विज्ञप्ति जारी गर्नुले नै दलहरूको आन्तरिक असन्तोष प्रष्ट पारेको छ।आन्दोलनकै क्रममा संविधानलाई अस्वीकार नगरी अघि बढेका जेनजीहरूले समेत संसद विघटनलाई प्राथमिक एजेन्डा बनाएको हुँदा,अन्तरिम सरकारले दल र आन्दोलनबीच सन्तुलन खोज्नुपर्नेछ।यस्तो अवस्थामा दलहरूलाई बेवास्ता गरेर अघि बढ्ने बाटोले द्वन्द्व बढाउन सक्छ,तर सबैलाई सन्तुष्ट पार्ने प्रयासले सरकारलाई नीतिगत रूपमा निष्क्रिय बनाउने जोखिम पनि छ ।
अन्तरिम सरकारको काम छ महिना भित्रमा चुनाव गराउनु हो भन्ने प्रष्ट सन्देश नियुक्तिमै तोकिएको भएपनि छ। यसैले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई ठूला सुधार वा दुरगामी नीतिगत निर्णय गर्ने अवसर छैन।तर,आन्दोलन पश्चात् क्षतिग्रस्त संरचना पुनर्निर्माण,हिंसाको निष्पक्ष छानबिन,पीडितलाई राहत,भ्रष्टाचार विरुद्ध आयोग गठन र सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्नेहरूमाथि कारबाही जस्ता कार्य तत्कालिक प्राथमिकता बन्नेछन्।यिनै कुरामा सरकारको क्षमताको परीक्षा हुने राजनीतिक विष्लेषकहरु बताउँछन् ।
प्रतिनिधिसभा विघटित भएकाले सरकारप्रति निगरानी गर्ने शक्ति अब राष्ट्रियसभामा मात्र सीमित छ।तर,राष्ट्रियसभामा नागरिक सरकारको प्रत्यक्ष प्रतिनिधित्व नभएको कारण “चेक एन्ड ब्यालेन्स”को भूमिकामा प्रश्न उठ्ने सम्भावना छ।यसले सरकारले गरिने निर्णयप्रति जनआस्था कमजोर पार्ने खतरा हुन्छ ।
प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई मुलुकलाई स्थायित्व दिने,चुनाव गराउने र आन्दोलनमा उठेका संवैधानिक सवालहरूको जवाफ दिने विविध दबाबले घेरेको छ।मुलुक अहिले वैधता,विश्वास र समयसीमा भन्ने तीन मूलभूत प्रश्नसँग जुधिरहेको छ।त्यसैले,यो सरकारको भविष्य केवल प्रशासनिक दक्षतामा मात्रै नभई राजनीतिक सहमति निर्माण गर्ने क्षमतामा निर्भर रहनेछ ।