पत्रकारको हवाला दिँदै पत्रकार र प्रहरीको चरित्र हत्या गर्ने वर्णवाल बारा प्रहरीको नियन्त्रणमा

738 Shares

जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार हुँ भनी अफवाह फैलाउने एकजना नक्कली पत्रकारलाई पक्राउ गरेको छ ।पत्रकार हुँ भनी दर्ता नै नभएको अनलाईन न्युज पोर्टल र फेशबुक प्रयोग गरी विभिन्न पत्रकारहरु तथा प्रहरीको चरित्रहत्या गर्ने एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार पर्साको वीरगन्ज महानगरपालिका १० अशोकवाटिका बस्ने अन्दाजी वर्ष २६ का रवि कुमार वर्णवाललाई विभिन्न पत्रकारहरु तथा प्रहरीको चरित्रहत्या गर्ने मनसायले झुठ्ठा,कपोकल्पित र भ्रामक विषयहरु प्रकाशन गरेको र दशै खर्च माग गरेको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान सुरु भएको छ ।पछिल्लो समय दर्ता नै नभएका अनलाईन न्युज पोर्टलहरुका साथै विभिन्न किसिमका सामाजिक सञ्जालहरुबाट पत्रकारहरुको हवला दिँदै पत्रकारहरु र प्रहरी कर्माचारीहरुको चरित्र हत्या गर्ने तथा कमिसन असुल्ने क्रम बढेको भन्दै प्रहरी कर्माचारीहरु र वास्तविक पत्रकारहरु चिन्तित देखिएका छन् ।

सम्बन्धित समाचार