“जेन जी”पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २२ जनाको मृत्यु भएको छ।संघीय राजधानी काठमाण्डौँका ट्रमा सेन्टर,सिभिल अस्पताल,केएमसी अस्पताल,त्रिवि शिक्षण अस्पताल र एभरेष्ट अस्पतालका साथै देशका विभिन्न स्थानमा गरी २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।मन्त्रालयका अनुसार गोली लागेर चार सय २१ जना घाइते भएका छन् । सरकारले “जेन जी”पुस्ताकोे प्रदर्शनमा घाइते भएकाहरूको निःशुल्क उपचारको प्रबन्ध गर्ने निर्णय गरिसकेको छ ।सोमबारको मन्त्रिपरिषद् बैठकले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।
“जेन जी”पुस्ताको प्रदर्शनलाई सर्मथन गर्दै सर्लाहीका सबै सामुदायिक तथा निजी विद्यालयहरु वन्द भएका छन् ।जिल्लाका विभिन्न स्थानमा “जेन जी”पुस्ताको प्रदर्शन जारी रहेको छ भने मलंगवा स्थित रहेको नेकपा(एमाले)को पार्टी कार्यालयमा “जेन जी”पुस्ताले तोडफोड तथा आगजनी गरेका छन्।पुर्व पश्चीम रामाजर्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।वर्तमकान सरकारले सामाजिक सञ्जाल माथि प्रतिवन्द लगाएपछि तातेको “जेन जी”पुस्ता भ्रष्ट्राचार,बेथितिका साथै वर्तमान सरकारको कार्यशैली प्रति असन्तुष्ट देखिएको छ । सोमबारको प्रदर्शनमा सरकारले गोली हान्ने आदेश दिएपछि “जेन जी”पुस्ताको प्रदर्शन झन चर्किएको हो ।