पौडेल प्रति प्रहरी निरिक्षक ताम्राकारको दया किन ?

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२० गते   ४०३ पटक हेरिएको

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यकी समानुपातिक उम्मेदवार माया बलले निर्वाचनमा प्रयोग गरेको स्कारपियोमा तोडफोड गर्ने मानिसलाई ईलाका प्रहरी कार्यालय हरिवनले आफुखुसी छाडेको छ । दुई दिन पहिला हरिवन नगरपालिका ९ स्थित नयाँरोड बाट बरहथवा तर्फ जानेक्रममा बागमती नगरपालिका २ स्थित धरहरा चोकमा आफुलाई नेपाल कम्युनिष्टपार्टी(नेकपा) विप्लव समुहका नेता बताउने हरिकृष्ण पौडेलले सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यकी समानुपातिक उम्मेदवार बलले निर्वाचनमा प्रयोग गरेको स्कारपियोमा तोडफोड गर्ने मानिसलाई नियन्त्रणमा लिएर आफुखुसी ईलाका प्रहरी कार्यालय हरिवनले छाडेपछि स्थानियको गंभिर ध्यानाकर्षण भएको छ । 
सामान्य दुर्घटनामा समेत दुवै पक्षवीच मिलापत्र गरेर मात्र प्रहरीको नियन्त्रणमा लिएका मानिसलाई छाडिने गरेको भएपनि सामाजिक सञ्जालदेखि सार्वजनिक स्थलहरुमा ज्यान मार्ने सम्मका धम्की लगाउँदै हिड्ने र प्रतिनिधि सभा सदस्य तर्फ समानुपातिक उम्मेदवारले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको सवारी साधन माथी तोडफोड गर्दा पनि दुवै पक्षलाई राखेर छलफल गरि सहमती भएपछि मात्र छाड्नु पर्नेमा ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले आफुखुसी राजनैतिक प्रभावमा परि छाडेपछि नेकपा(माओवादी केन्द्र) सर्लाहीको गंभिरध्यानाकर्षण भएको छ । पटक पटक प्रहरीमा निवेदन दिँदा पनि वेवास्था गरेको प्रहरीले नियन्त्रणमा लिएर पनि आफुखुसी छाड्नले प्रहरी र पौडेल विचको मिलेमतो रहेको माओवादी केन्द्रका एक नेताले बताए ।
घटना के भएको थियो ?
सर्लाहीको बागमती नगरपालिका २ धरहरामा चुनाव प्रचारप्रसारमा हिडेको स्कारपियो माथी ढुंगा प्रहार भएको छ । नेकपा(माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवम् सर्लाही ३ बाट समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्यकी उम्मेदवार माया वल चढेको भारतिय नम्बर विआर ०१ पिके ४०३७ नम्बरको स्कारपियो माथी आफुलाई विप्लव निकट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बताउने एक स्थानियले शुक्रबार साँझ करिब ६ बजे ढुंगा प्रहार गरि तोडफोड गरेका ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
स्कारपियो हरिवनबाट चुनाव प्रचार प्रसार गर्दै बरहथवा तर्फ जाने क्रममा नयाँ रोड बरहथवा सडकखण्ड स्थित बागमती नगरपालिका २ धरहरा चोकमा स्कापियो माथी अचानक ढुंगा प्रहार हुँदा स्कारपियोको सिसा फुटेको छ भने मानविय क्षेती नभएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले जानकारी दिए । उनका अनुसार स्कापियो माथी तोडफोड गर्ने एक स्थानियलाई ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखि आवश्यक अनुसन्धान जारी रहेको छ ।
यता,नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिका अध्यक्ष अर्जुन पन्तले नेकपा(माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवम् सर्लाही ३ बाट समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्यकी उम्मेदवार माया वल चढेको स्कारपियो माथी ढुंगा प्रहार गर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विप्लव समुहका नेता कुमार पौडेलका भाई हरिकृष्ण पौडेल रहेका बताए । साथै उनले पौडेलले स्थानिय निकायको निर्वाचन २०७९ बैशाख ३० मा पनि नेकपा(माओवादी केन्द्र)को तर्फबाट हरिवन नगर प्रमुख पदका उम्मेदवार नेकपा(माओवादी केन्द्र)सर्लाहीका संयोजक रमेश बुढाथोकी(कमल)माथी पनि आक्रमणको प्रयास गरेका बताए ।
यता, उनी शहिद परिवारका भाई भएपनि आफ्नो पार्टीको कुनै कमिटिमा नरहेका र उनले शुक्रबार साँझ गरेको हर्कत पार्टीको निर्णय विपरित रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सर्लाही सेक्रेटरी जनक राउतले बताए ।उनले पार्टीले शान्तीपुर्ण रुपमा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको भएपनि तोडफोड गर्ने कुनै निर्णय नभएको र पार्टीको निर्णय विपरित कुनै व्यक्तिले व्यक्तिगत स्वार्थ तथा रिस रागलाई साँध्न गर्ने निर्णयको जवाफ आफ्नो पार्टीले नदिने पनि बताए ।
हरिवनमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुद्वारा हाई वे बन्द
सर्लाहीको हरिवन नगरपालिका ११ स्थित कडरिचोकमा  नेकपा(माओवादी केन्द्र) का नेता कार्यकर्ताहरुले पुर्व पश्चिम लोकमार्ग अवरुद्ध पारेका छन् ।
दुई दिन पहिला नेकपा(माओवादी केन्द्र) सर्लाही ३ कि समानुपातिक  तर्फकी उम्मेदवार माया बलमाथी आफुलाई नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विप्लव समूहका नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेका थिए ।
 चुनाव प्रचार प्रसारमा प्रयोग भएको स्कापियो माथी तोडफोड गरेपछि ईलाका प्रहरी कार्यालय हरिवनले पौडेललाई नियन्त्रणमा लिएको थियो।
तर शनिवार ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले दुईपछ विच छलफल नै नगराई पौडेललाई माथिको आदेश भन्दै छोडेका थिए । त्यसपछि आफुहरसंग समन्वय नगरी पौडेललाइ छाडिएको विषयमा आपत्ति जनाउँदै सर्लाही ३ कि समानुपातिक उम्मेद्वार बलको नेतृत्वमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले सडकमा शान्तिपूर्ण चक्का जाम गरेका हुन ।
 आईतबार बिहान ९ः३० बजेदेखि माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले सडकमै बेच्न राखेर बसी दोषीलाइ यथासिघ्र नियन्त्रणमा लिन दवाव दिएका हुन । उनिहरुले दोषीलाई प्रहरीले यथासिघ्र नियन्त्रणमा लिए आफुहरुले सहजै  चक्काजाम खोलीदिने बताएका छन् ।
फेरी कसरी पक्राउ परे दोषी पौडेल 
विगत करिब ३ घण्टा देखिको पुर्व पश्चिम लोकमार्गको चक्का जाम खुलेको छ ।  सर्लाहीको हरिवन नगरपालिका ११ स्थित कडरिचोकमा  नेकपा(माओवादी केन्द्र) का नेता कार्यकर्ताहरुले करिब ३ घण्टादेखिको बन्द रहेको पुर्व पश्चिम लोकमार्ग खुलेको छ । दुई दिन पहिला नेकपा(माओवादी केन्द्र) सर्लाही ३ कि समानुपातिक  तर्फकी उम्मेदवार माया बलमाथी आफुलाई नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विप्लव समूहका नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेका थिए ।
 चुनाव प्रचार प्रसारमा प्रयोग भएको स्कापियो माथी तोडफोड गरेपछि ईलाका प्रहरी कार्यालय हरिवनले पौडेललाई नियन्त्रणमा लिएको थियो। तर शनिवार ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले दुईपछ विच छलफल नै नगराई पौडेललाई माथिको आदेश भन्दै छोडेका थिए । त्यसपछि आफुहरुसंग समन्वय नगरी पौडेललाइ छाडिएको विषयमा आपत्ति जनाउँदै सर्लाही ३ कि समानुपातिक उम्मेद्वार बलको नेतृत्वमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले सडकमा शान्तिपूर्ण चक्का जाम गरेका थिए  ।

तर माओवादी केन्द्र नेता कार्तकर्ताहरुको शान्तिपूर्ण चक्काजाम पछि ईलाका प्रहरी कार्यालय हरिवनले पौडेललाई फेरि नियन्त्रणमा लिए पछि चक्काजाम खोलिएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् । आईतबार बिहान ९ः३० बजेदेखि सुरु भएको चक्का जाम ११ः५० बजे माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु आफैँले खुलाएका हुन । उनिहरुले सडकमै बेच्न राखेर बसी दोषीलाइ यथासिघ्र नियन्त्रणमा लिन दवाव दिएका पछि पौडेललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही पठाईएको प्रहरीले जनाएको छ । उनिहरुले दोषीलाई प्रहरीले यथासिघ्र नियन्त्रणमा लिएर नियमानुसार कार्बाही गर्नु पर्ने माग राखेका छन् ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech