हरिवनबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

2.1k Shares

सर्लाहीको हरिवनबाट एक जनालाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।

हरिवन नगरपालिका १ बाट  ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको टोलीले अबैध रुपमा लुकाई राखेको १ थान बन्दुक, २ सय ग्राम बारुद र सोही परिणाम बराबर छर्रा सहित हरिवन नगरपालिका १ बस्ने  अन्दाजी २५ वर्षिय गंगाबहादुर थापा मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले जानकारी दिनु भयो ।
 गस्तीमा रहेको प्रहरीको टोलीले आईतवार राति करीब साँढे १० बजे मगरलाई भरुवा बन्दुक र त्यसमा प्रयोग हुने बारुद सहित पक्राउ गरेको प्रहरी उपरीक्षक पोख्रेलले जानकारी दिनु भयो ।पक्राउ परेका मगर माथि आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार