सर्लाहीको बागमती नगरपालिकाले शिक्षा क्षेत्रमा खेलेको भूमिकालाई मुल्यांकन गर्दै मधेश प्रदेश कै सर्वोत्कृष्ट नगरपालिका घोषणा गरि पुरस्कृत गरिएको छ।२५ वटा सामुदायिक विद्यालयहरु रहेको बागमती नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको प्रगतिको मुल्यांकन गर्दै गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको हातबाट पुरस्कार तथा सम्मान–पत्र प्रदान गरिएको छ ।
बागमती नगरपालिकाले सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि र नव प्रवर्तनात्मक शैक्षिक अभ्यासमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै प्रेन्सीपल एसोसियसन अफ नेपालले बागमती नगरपालिकालाई मधेश प्रदेशकै सर्वोत्कृष्ट नगरपालिकाको रूपमा प्रदान गरिएको पुरस्कार तथा सम्मान–पत्र पुर्व प्रथम राष्ट्रपति डा.यादवको हातबाट ग्रहण गरिएको बागमती नगरपालिकाको शिक्षा शाखाका संयोजक मीन प्रसाद उपाध्यायले जानकारी दिए ।यो सम्मान र पुरस्कार प्राज्ञिक उन्नयनको यात्रामा यो सम्मान गन्तव्यको पूर्णविराम नभई अझ बृहत् शैक्षिक रूपान्तरण र गुणात्मक फड्कोको प्रस्थान विन्दु मात्र रहेको उपाध्यायले बताए ।
प्राज्ञिक उचाइ हासिल गर्न दूरदर्शी नेतृत्व,नीतिगत मार्गदर्शन एवं रचनात्मक भूमिका निर्वाह गर्ने जनप्रतिनिधिहरू,बागमती नगरपालिकाका राष्ट्रसेवक कर्मचारीहरू,सबै विद्यालय व्यवस्थापन समिति,प्रधानाध्यापक तथा शिक्षकहरु र सचेत अभिभावकहरू प्रति नगरपालिकाको शिक्षा शाखाले कृतज्ञता प्रकट गरेको छ ।
शैक्षिक उत्कृष्टता कुनै आकस्मिक संयोग नभई सामूहिक बौद्धिक श्रम,निरन्तर साधना र साझा संकल्पको प्रतिफल रहेको बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्ण लामाले बताए।ज्ञान,सीप र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित गर्ने यस अभियानमा आगामी दिनमा पनि निरन्तरता दिने कार्यवाहक नगर प्रमुख लामाले बताए ।