सर्लाहीका १३ वटा पालिकामा करिब ५८ हजार भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु रहेको तथ्यांक संकलनको भएको छ।२० वटा पालिका रहेको सर्लाहीका १३ वटा पालिकाबाट भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको तथ्यांक संकलन भएको भएपनि सात वटा पालिकाहरुबाट भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको तथ्यांक संकलन हुन नसकेको भूमि आयोग सर्लाहीका अध्यक्ष मदन वि.क.ले जानकारी दिए ।
उनका अनुसार ११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा पालिका रहेको सर्लाहीका गोडैता र हरिपूर्वा नगरपालिका सहित ब्रम्हपुरी,विष्णु,धनकौल,चक्रघट्टा र बसबरिया गाउँपालिकाबाट भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको तथ्यांक संकलन हुन नसकेको हो ।बाँकी रहेका १३ वटा पालिकाबाट १३ हजार चार सय नौ भूमिहीन दलित,१५ हजार ८७ परिवार भूमिहीन सुकुम्बासी र २९ हजार एक सय ६२ अव्यवस्थित बसोबासीहरु गरी कुल ५७ हजार छ सय ५८ रहेका आयोगले जनाएको छ ।
आयोगका अनुसार लालबन्दी नगरपालिकामा दुई सय ८४ भूमिहीन दलित,छ सय पाँच भूमिहीन सुकुम्बासी र १० हजार छ सय ६३ अव्यवस्थित बसोबासीहरु गरी कुल ११ हजार पाँच सय ५२ परिवार रहेका छन् ।
हरिवन नगरपालिकामा तीन सय आठ भूमिहीन दलित,एक हजार ७६ भूमिहीन सुकुम्बासी र दुई हजार छ सय ६४ अव्यवस्थित बसोबासीहरु गरी कुल चार हजार ४८,बागमती नगरपालिकामा चार सय १६ भूमिहीन दलित,एक हजार एक सय १३ भूमिहीन सुकुम्बासी र छ हजार तीन सय २० अव्यवस्थित बसोबासीहरु गरी कुल सात हजार आठ सय ४९,बरहथवामा तीन सय ३८ भूमिहीन दलित,आठ सय ५१ भूमिहीन सुकुम्बासी र दुई हजार छ सय ६४ अव्यवस्थित बसोबासीहरु गरी कुल तीन हजार आठ सय ५३ ,बलरा नगरपालिकामा आठ हजार ८२ परिवार भूमिहीन दलित,आठ हजार ८१ भूमिहीन सुकुम्बासी र तीन सय १५ अव्यवस्थित बसोबासीहरु गरी कुल १६ हजार चार सय ७८,मलंगवा नगरपालिकामा दुई सय १३ भूमिहीन सुकुम्बासी,एक सय ३० भूमिहीन सुकुम्बासी र दुई सय ३० अव्यवस्थित बसोबासीहरु गरी कुल पाँच सय ७३,इश्वरपुर नगरपालिकामा एक हजार एक सय ६७ भूमिहीन दलित,एक हजार चार सय ७८ भूमिहीन सुकुम्बासी र चार हजार तीन सय ७४ अव्यवस्थित बसोबासीहरु गरी कुल सात हजार १९,हरिपुर नगरपालिकामा चार सय २६ भूमिहीन दलित,चार सय २० भूमिहीन सुकुम्बासी र एक हजार एक सय अव्यवस्थित बसोबासी रहेका आयोगको प्रारम्भिक तथ्यांकमा उल्लेख गरिएको छ ।
आयोगका अनुसार कविलासी नगरपालिका छ सय २७ भूमिहीन दलित,दुई सय ८६ भूमिहीन सुकुम्बासी र एक सय ५१ अव्यवस्थित बसोबासीहरु गरी कुल एक हजार ६४ का साथै चन्द्रनगर गाउँपालिकामा आठ सय २३ भूमिहीन दलित,सात सय सात भूमिहीन सुकसम्बासी र २७ अव्यवस्थित बसोबासी गरी कुल एक हजार पाँच सय ५७,पर्सा गाउँपालिकामा दुई सय १० भूमिहीन दलित,एक सय १५ भूमिहीन सुकुम्बासी र एक सय ८५ अव्यवस्थित बसोबासीहरु गरी कुल पाँच सय १० परिवार,कौडेना गाउँपालिकामा तीन सय १५ भूमिहीन दलित,एक सय १० भूमिहीन सुकुम्बासी र ९९अव्यवस्थित बसोबासी गरी कुल पाँच सय २४ र रामनगर गाउँपालिकमा दुई सय भूमिहीन दलित,एक सय १५ भूमिहीन सुकुम्बासी र तीन सय ७० अव्यवस्थित बसोबासी गरी कुल छ सय ८५ जना भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले निवेदन दर्ता गराएका भूमि आयोग सर्लाहीका अध्यक्ष मदन वि.क.ले जानकारी दिए ।
उनका अनुसार १३ वटा पालिकाका कुल ५७ हजार छ सय ५८ जना भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले आयोगमा आवेदन दिएकामा त्यसलाई प्रमाणिकरण गर्ने काम भई रहेको छ।
आवेदकहरुले स्थानीय पालिकाहरुमा आवेदन दिने र उत्त आवेदन जिल्ला स्थित भूमि आयोगमा पठाउने काम हुनेमा केही पालिकाहरुबाट केही आवेदनहरु आयोगको कार्यालयमा पठाउने काम भई राखेको र सात वटा पालिकाबाट तथ्यांक संकलनको काम हुन बाँकी रहेकाले आवेदकहरुको संख्या थपिने आयोगले जनाएको छ ।
२०८१ पुसमा गठन भएको आयोगको जिल्ला स्थित कार्यालयहरु २०८२ असोजमा गठन भएका भएपनि राजनीति नियुक्त हुने संस्था भएकाले र सर्वाेच्च अदालतले विघटन गरेका कारण पनि आयोगले आफ्नो रफ्तारमा काम गर्न नपाएको उनले बताए ।
यो समाचार तयार पार्दै गर्दा सम्म आयोगका अनुसार देशभर नौ हजार १२ जनालाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको छ भने सात सय ५० वटा पालिकासंग सम्झौता गर्दा ११ लाख ५२ हजार आठ सय ७० वटा आवेदन लगत प्रविष्ट गरिएको भूमि समस्या समाधान आयोगले जनाएको छ ।भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको आवास तथा भूमिमाथिको पहुँच र स्वामित्व स्थापित गराई देशबाट भूमिहीनताको अन्त्य,भूमिको महत्तम उपयोग र जनमुखी एवम न्यायपूर्ण भूमि व्यवस्था स्थापित गर्न योगदान गर्ने भन्दै गठन भएको आयोगले भूमिसम्बन्धी बहुआयामिक समस्याहरूलाई दीर्घकालीन रूपले समाधान गर्न योगदान गर्ने आयोगका केन्द्रीय अध्यक्ष हरि प्रसाद रिजालले बताए ।
उनका अनुसार भूमिहीन दलित,भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमि सम्बन्धी ऐन,२०२१ को दफा ५२क.को उपदफा (३) र ५२(ख)को उपदफा (६) बमोजिम नेपाल सरकारबाट २०८१ असोज १४ गते आयोग गठन आदेश जारी गरी भूमि समस्या समाधान आयोगको गठन भएको हो।
मानवजातिका लागि गाँस,बास र कपासजस्ता जीवनका आधारभूत आवश्यकता पूरा गर्ने मुख्य स्रोत भूमि प्रकृतिप्रदत्त सम्पदा हो।कृषि प्रधान देश नेपालका लागि भूमि मुख्य उत्पादनको साधन हो।यो कृषि तथा खाद्य उत्पादन,उद्योगधन्दा कलकारखानाका विभिन्न कच्चा पदार्थ उत्पादनका साथै मानव जीवन र जीविकाका अधिकांश दैनिक क्रियाकलापहरूको मुख्य थलो हुनुका साथै सांस्कृतिक पहिचान र समृद्विको आधार पनि हो। यसर्थ,भूमि मानव जीवनको अभिन्न हिस्सा हो।
नेपालको संविधानमा प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक,आवासको हक,कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने,भोग गर्ने,बेचबिखन गर्ने,व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने सम्पत्तिको हक; प्रत्येक किसानलाई कानुनबमोजिम कृषि कार्यका लागि भूमिमा पहुँच,अनुपस्थित भू–स्वामित्वलाई निरुत्साहित गर्दै जग्गाको चक्लाबन्दी गरी उत्पादन र उत्पादकत्व वृद्धि,भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्दै किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमिसुधार गर्ने,भूमिको उत्पादनशीलता,प्रकृति तथा वातावरणीय सन्तुलनसमेतका आधारमा समुचित उपयोग गर्ने; अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने तथा योजनाबद्ध र व्यवस्थित बस्ती विकास गर्ने मुक्त कमैया,कमलरी,हरवा–चरवा,हलिया पहिचान गरी बसोबासका लागि घर,घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन उपलब्ध गराउने संवैधानिक व्यवस्था छ।
तिनलाई लागु गर्न भूमि सम्बन्धी ऐन,२०२१ मा आवश्यक संशोधन गरिएको छ। नेपालको संविधान र कानुनी व्यवस्थाबमोजिमका हक र अधिकारलाई कार्यान्वयन गर्न भू–उपयोग ऐनका आधारमा उपलब्ध भूमिको वैज्ञानिक र महत्तम उपयोग गर्न,भूमिको बहुआयामिक व्यवस्थापन गर्न र भूमि प्रशासनलाई जनमुखी बनाई आम जनताको सहज र सरल पहुँचसहितको सुशासन कायम गर्नु राज्यको दायित्व हो।