सर्लाहीका अधिकांश स्थानिय निकायकाे आफ्नै प्रशासनिक भवन छैन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-२९ गते   ३८५ पटक हेरिएको

सर्लाहीका २० वटा स्थानिय निकाय मध्य ११ वटा स्थानिय निकायको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । जिल्लाका मलंगवा,लालबन्दी,हरिपुर्वा,बलरा,गोडैता,कविलासी, नगरपालिका र चक्रघट्टा,रामनगर,विष्णु र बसबरीया गाउँपालिका आफ्नै भवनको अभावमा भाडाका भवनबाट सेवा प्रदान गरि रहेका छन् ।
स्थानीय तहमा निर्वाचन भएको ५ बर्ष पुग्नै लाग्दा पनि नगरपालिका तथा गाउँपालिकामा भौतिक संरचनाकै अभाव रहेको छ । जिल्लाका २० वटा स्थानिय निकाय मध्य केहीले आफ्नै भवन बनाउन थालेको भएपनि केहीको भौतिक संरचना बनाउन जग्गा अभाव,भवन निर्माणको विवाद लगायतका कारण भाडाका संरचनाबाट कार्यालय सञ्चालन गर्दा सेवा प्रबाहमा समस्या भएको जनप्रतिनिधिहरुले गुनासोगरेका छन् ।
जिल्लाका केही स्थानिय निकायले आफ्नै भवन निर्माण गरेर सेवा शुरु गरि सकेका छन् भने केही स्थानिय निकायका भवनहरु निर्माणाधिन अवस्थामा रहेका छन् । भनेकेही स्थानिय निकायहरु साविकका गाविस भवनबाट सेवा प्रबाह गरि रहेका छन् । जिल्लाको इश्वरपुर,हरिपुर,हरिवन,बरहथवा,बागमती नगरपालिका र धनकौल,ब्रम्हपुरी,कौडेना र पर्सा गाउँपालिकाले नयाँ भवन निर्माण गरेर तथा साविकका गाविस भवनहरुबाट सेवा प्रबाह गरि रहेका छन् ।
स्थानिय निकायका  आफ्नै भवन नहुँदा सेवा प्रवाहमा कुनै न कुनै रुपमा समस्या भईरहेको चक्तघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम राय यादवले बताउनुभयो । उहाँको स्थानिय निकायमा पनि जग्गा विवादका कारण निर्माणाधिन भवनको काम रोकिएको छ । भौतिक संरचनाको अभावका कारण गुणस्तरीय सेवा प्रवाह गर्न नसकिएको मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साहले बताउनु भयो ।
आफ्नो भवन छैन भाडाका भवनमा कार्यलय राखेर सेवा दिँदा स्थानिय निकायका शाखाहरु एउटै कोठामा २÷३ वटा शाखाहरु राखेर सेवा दिनु परको छ । समस्या यहि कारण सृजना भएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो ।
जिल्लाका केही स्थानिय निकायहरु पहिलाका गाविसका भवनहरुमा कार्यालय राखेर सेवा प्रबाह गरि रहेका छन । पहिला गाविस हुँदा निर्माण भएका भवनहरु पनि पुराना तथा साना भएका छन । जसका कारण सेवा प्रवाहमा निकै समस्या भएको जिल्लाका जनप्रतिनिधिहरुले बताएका छन ।
स्थानिय निकायहरुका आफ्नै भवन नहुँदा भाडामा सञ्चालन गरिएका कार्यालयहरुका लागि स्थानीय निकायहरुले बर्षेनी लाखौं रुपैंया भाडामै खर्च गर्नु परेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech