Close This

कोरोना संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु

पत्र पत्रिका    प्रकाशित: २०७७-२-२१ गते   ३४२ पटक हेरिएको

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् ।

उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो । उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । र, रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसपछि त्रिवि शिक्षण अस्पतालमा सारिएका उनको उपचारका क्रममा बुधबार  मृत्यु भएको छ ।यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । अहिलेसम्म २३०० जनामा संक्रमण पुष्टि भएको छ ।onlinekhabar.com

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech