सर्लाहीको चन्द्रनगर गाउँपालिका स्थित रहेको ऐतिहाँसिक नाढीमन तालमा लामो समयपछि पानी भरेर भरी भराउ गरिएको छ।मधेश प्रदेशकै पहिलो ऐतिहाँसिक प्राकृतिक नाढिमन तालमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन पानी भरेर भरी भराउ पारिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले जानकारी दिए ।उनका अनुसार विगत लामो समयदेखि नाढिमन तालको सौंदर्यकरणको काम भई रहेका कारण सुख्खा पारिएको र अहिले सौन्दर्यकरणको काम सकिएकाले पानी भरी भराउ गरिएको हो ।
ताल भरि भराउ भएपनि डुङ्गाहरु बिग्रेका कारण पर्यटकहरु आएर पनि फर्केर जाने गरेका भएपनि डुङ्गाहरु मर्मत सम्भार गरि सकेकाले अब आन्तरिक तथा बाह्य पर्यटकहरु आउन थालेका चन्द्रनगर गाउँपालिकाकी उपा अध्यक्ष गितादेवी महतोले बताईन्।उनका अनुसार ५२ बिघा क्षेत्रफलमा फैलिएको नाढिमन ताल यतिबेला अतिक्रमणको कारण केही खुम्चेको भएपनि सौन्दर्यकरणको काम भई रहेपछि आकर्षक देखिएको छ ।
नढिमन तालमा दुई वटा ईलेक्ट्रिक डुङ्गाहरु र १० वटा खुटाले चलाउने डुङ्गाहरु रहेको छन् ।ताललाई सौन्दर्यकरण गर्ने काम भइरहेको छ भने तालमा गंगा आरतीको लागि पनि संरचनाहरु बनाउन सुरु गरिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले बताए ।

त्यसैगरी,सर्लाहीको हरिवन नगरपालिका ५ मा सोमबारबाट नौ दिने महावीर झण्डा मेला लाग्ने भएको छ।मेलाको पहिलो दिन सोमबार बिहान कलश यात्राको आयोजना गरिएको मेला आयोजक समितिका संयोजक गंगाराम महतोले जानकारी दिए।उनका अनुसार एक लाख भन्दा धैरै ब्यक्तिले अवलोकन गर्ने महावीर झण्डा मेलामा विभिन्न मनोरञ्जनका कार्यक्रमहरुका साथै मिनी बजार,विभिन्न जातीय खानाका परिकार तथा स्टलहरु रहने छ।कार्यक्रममा देशमै ख्यातिप्राप्त रौतहटको मोबिला नाच पाटी तथा सिराहा र वीरगन्जबाट आउने मैथिली र भोजपुरी कलाकरको दमदार प्रस्तुती रहने आयोजकले जनाएको छ ।