Close This

भन्सारका कर्मचारी भन्सार छली अवैध असुली धन्दामा व्यस्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-१४ गते   २१४ पटक हेरिएको

शंखर पहाडी(गौरब) 


भन्सार कार्यालयहरुमा कर्मचारीहरुद्धारा हुने अपारदर्शी कार्यहरुको विषयमा समय समयमा समाचारहरु प्रकाशित हुने  गरेका छन् । यसैक्रममा त्रिभुवननगर स्थित रहेको छोटी भन्सार कार्यालयमा पनि कर्मचारीहरुले स्थानीयहरुबाट कमिसन असुली भन्सार छली गर्ने गरेका पाइएको हो ।
भन्सार छलीका सामानहरुबाट भन्सार संकलन गर्न भन्दै खटिएका कर्मचारीहरुबाटै  भनसरछली कमिसन असुल्ने गर्दा जिल्लाको भन्सार रकम संकलनमा लक्ष्य पुरा गर्न समस्या देखिएको छ ।
छिमेकी देश भारतका बजारहरुबाट नेपाली बजारसम्म दैनिक यात्रा गर्ने भारतीय नम्बर प्लेटका सवारीसाधनहरुलाई भन्सार पत्र सुविधाको आवश्यक नभए पनि भन्सार कर्मचारीहरुले यो रकम अवैध रुपमा असुली गरेका छन् ।
कमलामाई मिडिया प्रा.लिको टिम त्रिभुवननगर छोटी भन्सार कार्यालय अगाडि पुग्दा कार्यालय सहयोगी प्रमोद सिंहको निर्देशनमा अर्का कार्यालय सहयोगी ज्ञान बहादुर मार्फत स्थानीय दिलिपले तरकारी लिएर आउँदै गरेका नम्बर नखुलेका दुईवटा मोटरसाईकलहरुबाट प्रति मोटरसाईकल रु १० का दरले कमिसन असुलेका हुन ।
कमलामाई मिडिया प्रा.लिको टिमको क्यामेरा अगाडि बाटै यसरी निर्वाधरुपमा कमिसन असुल्ने यी कर्माचारी हुन वा होइनन् भन्ने विषयमा भन्सार कार्यालय सर्लाहीले कुनै बताएको छैन् । यसरी क्यामेरा अगाडि नै कमिसन असुल्ने उनीहरुले क्यामेरा पछाडि कति कमिसन असुल्छन् होला ? त्यो भने अनुमान मात्र गर्न सकिन्छ् ।
खुल्ला सिमाना र पारिवारीक सम्बन्ध समेत रहेको छिमेकी देश भारतसंग सहज सिमाभएका स्थानमा राखिएका छोटी भन्सार कार्यालयका कर्मचारीहरुले स्थानीयहरुबाट अवैध रुपमा रकम असुली गर्दै भन्सार चुहावटमा सहयोग पुर्याएका हुन ।
नाका क्षेत्रबाट नेपालतर्फ आउने सवारी साधनले भन्सार पत्र (सुविधा) लिएर मात्र नेपाल प्रवेश गर्न पाउँछ भने नजिकैका बजार सीमा क्षेत्रबाट पाँच किलो मिटर वा नजिकैको बजारसम्म पुग्न सुविधा निःशुल्क छ । तर भारतीय नम्वर प्लेटका सवारी साधनबाट सुविधा लिने नाममा त्रिभुवननगर छोटी भन्सार कार्यालयका कर्मचारीहरुले अवैध असुली गर्दा भन्सार संकलनमा गिरावट आउने सबैको अनुमान छ ।
भारतबाट नेपाल आउने साना सवारी मोटरसाइकल र चार चक्के सवारीलाई नजिकैको बजारसम्म पुग्न भन्सार पत्र (सुविधा) लिनु आवश्यक छैन् । त्यस बाहेकका अन्य क्षेत्रमा जान भने भन्सार काट्नु पर्ने हुन्छ । तर हरेक दिन नजिकैका बजारसम्म कुद्ने सवारी साधनहरुबाट समेत भन्सारका कर्मचारीले नै अवैध असुली गर्दै आएका छन् ।
बिहानको ६ बजेदेखि बेलुकासम्म सयौँ मोटरसाइकल तथा साना सवारी साधनहरुबाट हजारौँ रकम भन्सारका कर्माचारीले असुल्ने गरेका छन् । सुविधा कागज समेत नदिई रकम असुली हुँदा पनि भन्सार कार्यालय सर्लाही मौन देखिएको छ । 
यस बिषयमा प्रश्न राख्न साथ छोटी भन्सार कार्यालय त्रिभुवननगरका कर्मचारी आँतिएका थिए । भने कमलामाई मिडिया प्रा.लिको टिमको क्यामेरामा कैद गरिएको अवैध रकम लिँदै गरेको फोटो हटाई दिन आग्रह समेत गरेका थिए । कार्यालय सहयोगी सिंहले कार्यालय भित्रै बसेर छलफल गरि फोटो हटाइ दिन भन्दै कमलामाई मिडिया प्रा.लिको टिमलाई प्रलोभनमा समेत पारेका थिए ।
यसरी हरेक दिन जसो कर्मचारीहरुले देख्दा सानो रकम भएपनि सयौँ सवारी साधनहरु र झोलामा घरायसी प्रयोजनका लागि ल्याइएका सामानहरुबाट हजारौँ रकम असुल्दा समेत सम्बन्धित निकाय भन्सार कार्यालय सर्लाही मौन देखिनुले जिल्लाको मुख्य भन्सार कार्यालयका कर्माचारीहरुको पनि मिलेमतो रहेको आशंका गर्न सकिन्छ ।
यसरी अवैध रुपमा सङ्कलन भएको रकम राज्यको कुनै पनि कोषमा जम्मा नभएर सिधै कर्मचारीको गोजीमा जाने गरेको छ । भन्सार कार्यालयले भन्सार क्षेत्रमा निगरानीकै लागि भनेर जिल्लामा सातवटा छोटी भन्सार कार्यालय खडा गरेको भएपनि अहिले त्रिभुवननगर र बलरा छोटी भन्सार कार्यालय मात्रै सञ्चालनमा रहेका छन् । 

त्यहाँ खटिएका कर्माचारीहरुले आफुले राज्यबाट खाने तलब बराबरको पनि भन्सार रकम संकलन नगर्ने गरेका पाइएको छ ।  यता,जिल्ला भन्सार कार्यालय सर्लाहीका भन्सार अधिकृत नरेश साहले दिलिप आफ्ना कर्माचारी नरहेका र आफ्ना कर्माचारीलाई कार्यालयमा बोलाएर सोधपुछ गर्ने बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech