बरहथवा नगर अस्पतालको भवन निर्माण सुरु

1.1k Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीको बरहथवा नगरपालिका ६ मा बरहथवा नगर अस्पताल निर्माणको काम पुन सुरु भएको छ । बरहथवा नगरपालिका ६ मा विगत एक वर्ष पहिलै सुरु भएको नगर अस्पतालको काम विचमा रोकिएको भएपनि पुन निर्माण सुरु भएको हो ।
बरहथवा नगरपालिका ६ मा निर्माण हुने नगर अस्पतालको काम आर्थिक वर्ष  २०७८÷०७९ मा रु १६ करोड ३५ लाखमा न्यू ड्रेगन निर्माण सेवाले ठेक्का पाएको थियो ।
विसं २०७९ चैत्र ३० भित्र निर्माण सम्पन्न गर्ने नगरपालिका र ठेकेदार कम्पनी वीच सहमती भएको भएपनि विचमा ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणको काम रोकेको थियो ।
गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गरिएको भन्दै स्थानीयले अवरोध गरेपछि रोकिएको नगर अस्पतालको कामले पुन गतिलिएको बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालले जानकारी दिएन् । उनका अनुसार ठेकेदार कम्पनीले नगर अस्पतालको काम करिब ७० प्रतिशत पुरा गरि सकेको छ ।
नगर अस्पताल निमार्णको काम रोकिएपछि बरहथवाम नगरपालिकाकी नगर प्रमुख कटुवालको संयोजकत्वमा पाँच सदस्यीय अस्पताल निर्माण छानबिन समिति गठन भएको थियो । छानबिन समितिका अनुसार नगरपालिकाले ठेकेदार कम्पनीलाई रु ४१ लाख मात्रै रकम भुक्तानी गरेको र सो भन्दे धेरैको काम भएको छ ।
अहिले नगर अस्पतालले अस्थायी संरचनाबाटै आफ्ना सेवाहरु प्रवाह गरि रहेको छ । नगर अस्पतालमा जिल्लाका विभिन्न पालिकाबाट गरी करिब ५० हजार जनाले सेवा लिइरहेका छन् । नगर अस्पतालको नयाँ भवन निर्माण भएपछि आफ्ना सेवाहरु  प्रवाह गर्न सहज हुने अस्पताल स्रोतले जनाएको छ । बरहथवा नगरपालिका, बागमती नगरपालिका र बसबरिया गाउँपालिका क्षेत्रलगायत गरी वार्षिक ५० हजारभन्दा बढीले सेवा लिने गरेका निवर्तमान नगर प्रमुख देवानन्द महतोले बताए । 

सम्बन्धित समाचार