लामखुट्टे नियन्त्रणका लागि ईश्वरपुरमा औषधि छिट्न सुरु

210 Shares

 सर्लाहीको ईश्वरपुर नगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि औषधी छिट्न सुरु गरेको छ ।इश्वरपुर नगरपालिकाका १५ वटै वडाका घरघरमै पुगेर औषधी छिट्ने कार्यक्रम रहेको नगर प्रमुख मनोज कुमार आचार्यले बताए ।उनका अनुसार नगरपालिकाले खटाएका स्वास्थ्यकर्मीहरु पालैपालो विभिन्न वडामा पुगेर औषधी छिट्न सुरु गरेका हुन् ।
इश्वरपुर नगरपालिकाको मूख्य बजार बयलवास बजार क्षेत्रबाट औषधी छिट्ने कार्यको सुरुवात गरिएको र नगरपालिकाका सबै १५ वटा वडामा औषधी छिटिने इश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।साँझ र रातको समयमा अत्यधिक लामखुट्टे लाग्दा स्थानीय प्रभावित छन्।लामखुट्टे नियन्त्रणका लागि सर्वसाधारणले औषधी छिट्नु पर्ने वा अन्य विकल्प अपनाउनु पर्ने स्थानीय तहसँग माग गरिरहेका छन् ।
तर औषधी छिटेको केही समय लामखुट्टे हराए पनि पुनःउस्तै गरी लामखुट्टे आउने भएकाले घर वरपर सरसफाई गर्न र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार