नेपाली चलचित्रमा काम गर्न चाहने र काम गरि रहेकाहरुलाई लक्षित गर्दै प्रदेश नम्बरको निजगढमा ‘चलचित्र निर्माण आधारभुत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सात दिन सम्म चलेको उक्त कार्यक्रममा सर्लाही,रौतहट,बारा र पर्साका गरि ३१ जना प्रशिक्षार्थी सहभागी रहेको आयोजकले जनाएको छ ।
मङ्सिर १ गते देखि मंसिर ७ गते सम्म संचालन भएको कार्यक्रमले नेपाली चलचित्रमा भविश्य बनाउने र खोज्नेहरुलाई विशेष लाभ पुगेको आयोजकले विश्वास लिएको छ । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख अतिथ्यता रहेको थियो भने बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा, निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश कुमार खनाल हान अध्यक्ष बिजय झुनझुन वाला,चुरे संरक्षण तथा पर्यटन प्रबर्धन फाउण्डेशनका प्रदेश २ अध्यक्ष बिष्णु साह,होटल तथा पर्यटन व्यावसायी संघ प्रदेश २ का अध्यक्ष मोहन शर्मा,पर्सा होटेल व्यवसायी संघका महासचिव टब्रेज आलाम, वरिस्ठ छायांकार पुरुषोत्तम प्रधान ,विकास बोर्ड सदस्य प्रकाश भट्टराई, वरिष्ठ चलचित्रकर्मी निर्देशक समाजका संस्थापक अध्यक्ष युवराज लामा लगायतको उपस्थिती रहेको थियो ।
चलचित्र विकास बोर्डको आयोजना र नेपाल चलचित्र निर्देशक समाजको व्यवस्थापन तथा संयोजनमा भएको कार्यक्रमको अवसरमा सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणधिन भरत तालको अवलोकन समेत गरिएको निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले जानकारी दिनु भयो ।
चलचित्र विकास वोर्डको आयोजनमा भएको कार्यक्रममा बागमती नगरपालिकाले १ सय २१ बिघा क्षेत्रफलमा फैलिएको मानवनिर्मित भारत ताललाई प्रदेश २ कै पर्यटकिय मात्र नभई खुल्ला फिल्म स्टुडियो बनाएको भन्दै वागमती नगरपालिका नगर प्रमुख भरत कुमार थापा लाई आयोजकले एक कार्यक्रम मार्फत सम्मान समेत गरेको छ ।
सम्मान कार्यक्रममा होटल तथा पर्यटन व्यावसायिक संघले प्रदेश न २ मा चलचित्र छायाकन गर्दा होटल बसोबास तथा यातायातमा बिशेष छुट दिने, वागमती नगरपालिकाको भरत तालमा फिल्म छायांकन स्टुडियो निर्माणको लागि जमिन उपलब्ध गराउने,वागमती नगरपालिकाले समृद्धि नामक फिल्म बनाउने समेत घोषणा गरिएको थियो ।